Author: Transparentgroup

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच आइतबार शीतल निवासमा भेटवार्ता भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्न प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ सरकारको तदारूकता आवश्यक भएको बताए। सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपलब्ध स्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य…

Read More

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उनले भने, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।” सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताए । सो घटनामा संलग्न…

Read More

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस ९अस्कल० मा शान्त बातावरणमा स्वतन्त्र बिद्यार्थी यूनियन ( स्ववियू )  निर्वाचनमा मतदान भईरहेको छ । गत ५ चैतमा विवाद भएपछि हुन नसकेको चुनावमा अहिले मतदान भईरहेको छ । बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । छलफलपछि सहमति जुटेको थियो । अहिले विद्यार्थीहरू मतदानमा सहभागी भइरहेको छ । क्याम्पस हाताभित्र मतदाता बाहेक अरूलाई प्रवेश दिइएको छैन । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने छ

Read More

विराटनगर । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट बिराटनगरमा सुरु हुँदैछ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले यसै महाधिबेशनवाट नयाँ नेतृत्व चयन गर्नेछ । कार्यक्रम स्थलमा प्रधानमन्त्री ओलीको फोटो सहित चौतारीका पत्रकारहरु ओलीको स्वागतमा प्रतिक्षारत थिए । विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनि तामझामकासाथ तयारी पूरा गरीएको थियो । तर ओली महाधिबेशनको उद्घाटनमा नजाने भएपछि एमाले महासचिव शंखर पोखरेलले १० औ अधिबेशनको उद्घाटन गर्नेछन् । यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली जाउन पनि कसरी किनकि उनले त काठमाण्डौबाट…

Read More

पोखरा । त्रिभुवन बिश्वविद्यालय अन्तगर्तको ठूलो क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पस ( पीएन क्याम्पस )  मा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा १० गतेका लागि तय गरिएको थियो । यसपटक पनि भाँडिने त होइन भन्ने आशंकाबीच आज बिहान ८ बजेदेखि मतदान जारी छ । बिहानैदेखि शान्तिपूर्वक मतदान भइरहेको र ७ हजार ४ सय विद्यार्थीले भोटिङ कार्ड लागेको निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले जानकारी दिए । अहिलेसम्म यो क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाहेक अरूले जित्न…

Read More

वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ । कार्यालयले गत साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन…

Read More

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ। विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो। सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको हो। लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१…

Read More

काठमाण्डौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी )  ले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसिए नेपालले जनाएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य रहेको एमसिए नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । ‘एमसिए–नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको छ भने पारदर्शिताप्रति प्रतिबद्ध रहेको छ’ सूचनामा जनाइएको छ । त्यस्तै सूचनामा अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गरिरहेको र आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न…

Read More

काठमाण्डौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए ) ले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ। कम्बोडियाको राजधानी नोम पेन्हमा मार्च १८ देखि १९ सम्म भएको सम्मेलनपछि विज्ञप्ति जारी गर्दै एनआरएनएले सर्वोच्च अदालतले ७ चैत २०७४ मा दिएको निर्देशन कार्यान्वयन गर्न माग गरेको छ। सर्वोच्च अदालतले निर्देशन जारी गरेको ७ वर्ष बितिसक्दा पनि विदेशमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा भाग लिन पाउने सम्भावना अघि बढ्न नसकेको भन्दै एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको हो। आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाइनमार्फत…

Read More

काठमाडौं । आज ( आइतबार )  विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएको थियो । विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको…

Read More