Author: Transparentgroup
काठमाडौं । सरकारले असोज १७ –१९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औं बैठकले यस्तो निर्णय गरेको हो । विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय भएको परिषद्ले जनाएको छ । साथै लाभग्राही पहिचान भइ आए पश्चात अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।…
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी छ । प्रधानमन्त्री कार्यालयमा अहिले बैठक बसिरहेको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुने बताइएको छ । बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ । बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका…
काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा माग गर्न जेनजी मुभमेन्ट अलायन्स मंगलबार अख्तियारको कार्यालय टंगाल पुगेको छ। प्रमुख आयुक्त राई र सबै आयुक्तको राजीनामा माग गर्दै उनीहरूले अख्तियारमा निवेदन दिएका हुन्। निवेदन बुझाउन ४र५ जना युवाहरू अख्तियार पुगेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा संसदीय सुनुवाइबिना नै प्रमुख आयुक्तको नियुक्ति भएको र यसले निष्पक्षतामा प्रश्न उठाएको उनीहरूले अख्तियारमा बुझाएको निवेदनमा उल्लेख छ। साथै वाइडबडी जहाज घोटालामा अख्तियार प्रमुख आयुक्त राईको नाम पनि मुछिएको सन्दर्भ उनीहरूले पत्रमा उल्लेख गर्दै प्रमुख आयुक्तलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन भनेका छन्। जेनजी मोमेन्ट एलायन्सबाट अख्तियार प्रमुख…
काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दैछन्। फागुन २१ गतेका लागि हिजो कार्यतालिका सार्वजनिक गरेको आयोगले आवश्यक तयारीबारे छलफल गर्न लागेको हो। दिउँसो ३ बजे सिंहदरबारमा छलफल तय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उहाँका अनुसार मतपेटिका र मतपत्र लगायतका सामाग्रीहरु आयोगसँग जगेडा छन्। त्यसबाहेक नयाँ खरिद गर्नुपर्ने सामाग्रीहरुको आन्तरिक विश्लेषण आयोगले गरिरहेको छ । त्यसभन्दा पनि बढी दलहरुसँगको समन्वय चुुनौतीपूर्ण बनेको छ । घिमिरेका अनुसार छिट्टै सर्वदलीय बैठक बोलाउनेबारे आयोगमा तयारी भइरहेको छ । त्यही बैठकमार्फत् दल र सरकारबीचको संवादहीनतासमेत तोड्नेगरीको तयारी भइरहेको छ। यसबारे समेत आजको बैठकमा थप छलफल हुनेछ। आयोगले सार्वजनिक…
काठमाण्डौं । इन्दु बर्माको कप्तानी इनिङ्ससँगै नेपालले टी–२० सिरिजमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ। योसँगै ५ खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। यसअघि मलेसियाले ३ विकेट र १३ रनको जित हात पारेको थियो। नेपालले भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। आयोजक राष्ट्र मलेसियाविरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले जीत हासिल गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । नेपाली टोलीको जीतसँगै पाँच खेलको शृंखला २र२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो खेलमा…
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा अहिले बिहान साढे ११ बजे बस्ने बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री कार्यालयमा बस्न लागेको बैठकमा छलफलका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ । बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने…
काठमाडौँ । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलाइएको छ। जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै यस्तो अभियान चलाएका हुन्। गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहती भएको भन्दै उनीहरूले उक्त अभिथान थालेको बताएका छन्। जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ, मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै…
काभ्रेपलाञ्चोक । गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा कठिनाइ भएको छ । जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका छन् । केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् । बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द छन् । विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन…
लहान । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताएका छन् । लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताए । वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचनाको विकल्प नरहेको उनको भनाइ थियो । यादवले भने, हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन् । त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर…
काठमाडौँ । यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ( इप्पान ) का अनुसार हालसम्म सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएको विवरण प्राप्त भएको छ । विगतका वर्षमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठुलो मानवीय क्षतिसमेत हुँदै आएकोमा सूचना प्राप्तिकै कारण यस पटक मानवीय क्षति हुन नपाएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो । १५ आयोजना इलामका बाढीपहिरोका कारण सबैभन्दा बढी इलामका १५ वटा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क