Author: Transparentgroup

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्यत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई १० बुँदामा हटाउनुका कारणसहित पत्र पठाएको छ। मन्त्रालयले मंगलबार साँझ मात्रै घिसिङलाई हटाउनुका कारणसहितको पत्र पठाएको हो। प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका काम नगरेकाले हटाइएको पत्रमा उल्लेख छ । १)  कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाएर कार्यसम्पादन सम्झौता उल्लङ्घन गरेको ऊर्जा मन्त्रालय र कुलमान घिसिङबिच भएको कार्यसम्पादन सम्झौताको दफा ९।५ अनुसार आ।व। २०८०र८१ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन २०८१ भदौभित्र मन्त्रालयमा पेस हुनुपर्नेमा समयमा नबुझाएको भनिएको छ । समयसीमाभित्र प्रतिवेदन नबुझाएको कारणले कार्यसम्पादन मूल्याङ्कन ग्राह्य नभएको र यसबाट कार्यसम्पादन…

Read More

काठमाडौं । संसद्मा रहेका विपक्षी दलहरुको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने भएको छ । उता, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भने अहिले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ । ११ बजेबाट सुरु हुने उक्त बैठकमा भने भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा सहमति हुने जनाईएको छ । भूमिसम्बन्धी अध्यादेशमा सरकारमा रहेको दल लोेसपाले पनि विरोध जनाएको छ । यस्तै, सत्ता गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको दल जसपा नेपालपनि विपक्षमा उभिएको छ । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अगुवाईमा बोलाईएको बैठकले कुलमान हटाइएको विषयमा छलफल गरेको…

Read More

काठमाडौँ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो । ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम सरकारले गर्‍यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ’, रास्वपाका नेता सन्तोष परियारले भने,‘सडकमा पनि यसको आवाज उठेको छ ।’आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।

Read More

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रले बताए । सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य…

Read More

काठमाण्डौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खाने तेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खाने तेल बेच्दा निर्यात उल्लेख्य रूपमा बढेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ। अर्थात् गतवर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खाने तेलको निकै ठूलो हिस्सा देखिएको छ। पछिल्लो आठ महिनामा रु एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रु ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको…

Read More

काठमाण्डौं  ।  यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन्। हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताए। यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ, उनले भने, सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ। सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन्। विभागका अनुसार सगरमाथा आधार शिविरमा…

Read More

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दै छ। बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १. १५ मा राष्ट्रियसभा बैठक बस्नेछ । प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय ( दोस्रो संशोधन )  विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ( दोस्रो संशोधन )  विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (…

Read More

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ का अवसरमा उक्त बैङ्कले सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैङ्कले चैत ४ देखि १० गतेसम्म साताव्यापी सञ्चालन गरेको थियो । बैङ्कले विभिन्न स्कुल तथा कलेजका विद्यार्थीको सहभागितामा वित्तीय चेतना अभिवृद्धि गरेको जनाएको छ । अभियान अन्तर्गत बैङ्किङसँग कारोबार गर्दा हुने फाइदा, डिजिटल बैङ्किङ, क्युआर, पोस सेवा, आरबिबी स्मार्ट बैङ्किङ, इन्टरनेट बैङ्किङ, पिन तथा पासवर्ड…

Read More

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन काठमाडौंमा हुने भएको छ । केहि दिन अघि बसेको सेन्टरको पदाधिकारी बैठकले यही चैत १६ र १७ गते काठमाडौंको थापागाउँमा रहेको काठमाडौं ब्यांकेटमा गर्ने निर्णय गरेको हो । पदाधिकारी बैठकले गरेका निर्णय सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको हो । महाधिवेशनको पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ । महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापनको लागि प्रत्येक प्रदेशका इन्चार्ज, अध्यक्ष, निवर्तमान…

Read More

काठमाण्डौ. । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका…

Read More