Author: Transparentgroup
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ । प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद१’, ‘भ्रष्टाचारलाई कारबाही गर१’, ‘शिक्षकहरूको समस्या समाधान गर१’ जस्ता नारा प्रमुख रूपमा उठाइनेछन्। साथै, ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद१’, ‘महँगी र कालोबजारी नियन्त्रण गर१’ जस्ता नाराहरूसमेत प्रदर्शनमा गुन्जाइने मोर्चाले जनाएको छ । मोर्चाले सुशासन कायम गर्न, बेरोजगारी समस्या समाधान गर्न, महिलामाथिको हिंसा अन्त्य गर्न र सहकारी तथा वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने बताएको छ। प्रदर्शनमा सहभागीहरू गणतन्त्रको रक्षा,…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा ९एमाले० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग प्रतिगामी शक्तिसँग मुकाविला गर्नसक्ने क्षमता रहेको बताए । “हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ,”, प्रधानमन्त्री ओलीले भने, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल, वडा ४ का वडाअध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापामगर, तत्कालीन लेखापाल मदनराज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । आर्थिक वर्ष २०७६(७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७(७८ भुक्तानी लिएको उजुरीका आधारमा…
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको अवरोधपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए । यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए । आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड )ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने स्पष्ट पारेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्डले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिनुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्छ। उहाँ आएर स्पष्टीकरण दिनुपर्छ। चित्तबुझ्दो स्पष्टीकरण आयो भने हाउस तुरुन्तै चल्छ। तर, स्पष्टीकरण पनि जालझेलको आयो भने हाउस चल्दैन।’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन्। सोही विषयमा प्रधानमन्त्रीले स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने दाहालको…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग भएको छ । दिउँसो सवा १ बजे बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए । उनले सरकारले पुरस्कृत गर्नुपर्ने घिसिङलाई दण्डित गरिएको भन्दै आपत्ति जनाए । अगाडि भने, ‘जबसम्म सम्माननीय प्रधानमन्त्रीले योा सदनमा आएर स्पष्टीकरण दिनुहुन्न तबसम्म सदन नचलाइयोस् ।’ प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ । यही अडान लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गरेका छन् ।
काठमाडौं । सत्ताधारी दलको बैठकले भूमि अध्यादेशलाई नियमित विधेयकको रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले अध्यादेश अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। उनले भने, ‘अब यो नियमित विधेयकको रूपमा अघि बढ्छ, विधेयक अघि सार्दा अरू सत्तारुढ अरू दलहरूले उठाएको विषयहरू पनि समेटेर लैजाने सहमति भएको छ। यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो । वालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका…
काठमाडौं । सरकारले नेपालभित्र सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन सूचना निकालेको छ । एक महिनाभित्र सुचीकृत हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गराउन सकिने सूचनामा स्मरण गराइएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थामा टेकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना निकालेको हो । उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची–१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । उल्लेखित व्यक्ति, कम्पनी…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए । https://www.youtube.com/watch?v=FRczF5bmLYk
विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा फसेका ५ जनाको शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका थिए। १०– १५ बजे सुनसरी, ईटहरी उमनपा ६ स्थित सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकल सहित स्थानिय बासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भईरहेको छ । उक्त आगलागीमा फसेको ५ जना व्यक्तिको टोलीले सकुशल…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क