Author: Transparentgroup
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । विहीवार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् । यसअघि २५ साउन २०७८ मा तत्कालीन सरकारले त्यसबेलाका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर कुलमान घिसिङलाई सो पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि चार वर्षसम्म त्यसमाथि सर्वोच्चले फैसला दिएको छैन । आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका कुलमान घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर हितेन्द्रको छ…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे । त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे । प्रतिस्थापन विधेयकको प्रक्रिया नै रोकेर अघि बढ्दा…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित उनले निबेदन दिएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । सर्वोच्च अदालत प्रशासनले शुक्रबारका…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् । आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए । संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’ उनले अगाडि भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मत चयन हुनुुले सकारात्मक सन्देश प्रवाह भएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन नयाँ कमिटीलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरुले आफूूसँग भेट गरे पनि आफूूले कसैलाई कुनै पदमा राख्नुु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले झुुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेहरुबाट बचेर देशको समृद्धि…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायका लागि नै सरकारले हालै मात्र सत्यनिरूपण तथा मेलमिलाप तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिश समिति गठन गरेको बताए। उनले अब छिटै नै यी आयोगहरुले पूर्णता पाउने दाबी गरे। उनले आयोगले शान्ति सम्झौताका मर्मअनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकार र राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए। चाँडै…
काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गरेका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् । नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् । बिहीबार काठमाडौँमा आयोजित संक्रमणकालीन…
दाङ । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए हुनेथियो भन्ने धारणा सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपालको दाङ शाखाले आज ९बिहीबार० विहान आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने थिएँ भन्ने बताए । उनले सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने कुरा भएको टिप्पणी गरे । उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरुमा दलीय हस्तक्षेप र नियन्त्रण चरम रुपमा रहेको आरोप लगाए । यस्ता समस्या विधलिे हल गर्नको लागि…
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने प्रयास जारी राखेका छन् । बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक पनि अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…
काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । बुधबारको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण बस्न सकेको थिएन । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयनप्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छद्यफलको लागि सम्बन्धित समितिमा पाठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क