Author: Transparentgroup

काठमाडौं । तिनकुनेमा राजावादी आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ । त्यस क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गर्दै आन्दोलनकारीलाई तितरबितर पारेका थिए । आन्दोलननकारीले तिनकुनेमा रहेका ब्यक्तिका नीजि निवासमा तोडफोड समेत गरेका छन् । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया…

Read More

काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको बताइएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजावादीहरू प्रहरीेको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो । त्यसक्रममा प्रहरीले सुरुमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्यास प्रहार गरेको थियो । राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चतर्फ लक्षित गर्दै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू समेत तितरबितर भएका थिए । प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ ।…

Read More

काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ । उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् ।…

Read More

काठमाडौं । काठमाडौंमा आज गणतन्त्रवादी प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला भएकाहरुको र्‍याली सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्‍यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । ११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै उनीहरु र्‍यालीमा मिसिएको देखिन्छ । गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु…

Read More

जनकपुरधाम । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यालय क्रिकेट टिमलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा सम्मान गरिएको छ।  जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंहले विजेता टिमका खेलाडीहरूलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरे। उक्त अवसरमा उनले राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकहरूलाई सरकारी कर्मचारी सरह नियुक्त गर्ने योजनामा प्रदेश सरकारले काम गरिरहेको बताए। मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धी कानुनी ढाँचा तयार गर्ने प्रक्रिया अघि बढिरहेको समेत बताए। साथै प्रदेशभर खेलकुद सामग्री केही दिनभित्रै वितरण गरिने जानकारी गराए। यसका लागि लोकसेवा आयोगसँग समन्वय गर्ने मुख्यमन्त्री सिंहले बताए। कार्यक्रममा मधेश प्रदेशका खेलकुद…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरिले प्रतिनिधि सभाको अवरोध खुलाउनका लागि दलहरूसँग छलफल गरिरहेका छन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी बेञ्चले प्रतिनिधि सभाको बैठक बुधबार देखि अवरूद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नदिने प्रतिपक्षी बेञ्चको अडान छ । बिहीबारको प्रतिनिधि सभा बैठक सूचना टाँस गर्दै तीन पटक स्थगन भएको थियो । शुक्रबार ११ बजे बैठक राखेपनि अहिलेसम्म बैठक बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूले जवाफ दिने सार्वजनिक मञ्चबाट पटक(पटक जानकारी गराइसकेका छन् । उनले भनेका छन्, ‘एउटा कर्मचारी हटाइयो अर्को नियुक्त…

Read More

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ। त्यसका लागि पूर्व निर्धारीत क्षेत्रहरुमा मोर्चाका कार्यकर्ताहरु भेला भईरहेका छन् । सोही क्रममा नेकपा माओवादी केन्द्रले काठमाण्डौको स्रोह्खुटट्ेवाट शुरु गर्ने र्यालीमा सहभागी हुनेहरु भेला भईरहेका छन् । वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ । जसअनुसार सोह्रखुट्टे चोक, बबरमहल ( पुलको छेउ ) , कुपण्डोल ( हनुमानथान) , त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैतीदेवी चोकबाट जुलुस निकाल्ने गरी तयारी गरिएको मोर्चाले जनाएको छ । सबै जुलुस भृकुटीमण्डपमा…

Read More

काठमाडौं। काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ। प्रदर्शनका कारण काठमाडौंको तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी जाम हुने अनुमान गरिएको छ। तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुने छ। ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए। प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुने देखिन्छ। साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुने अनुमान गरिएको छ। आवश्यकताअनुसार विभिन्न सडकमा सवारी डाइभर्सन हुने र ट्राफिक…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । सुरक्षा सतर्कता अपनाउने क्रममा राजावादीहरुको समूहलाई चक्रपथ भन्दा भित्र प्रवेश गर्न नदिने र गणतन्त्रवादीहरुलाई काठमाडौं चक्रपथभित्र सीमित गर्ने गरी रणनीति तयार पारिएको छ । समाजवादी मोर्चाको र्यालीको रुट जसअनुसार मोर्चामा संलग्न…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल ९डिम्यान० का प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद भएको बताएका हुन् । प्रविधिको विकाससँगै डिजिटल मिडियामा हरेक नागरिकको सहजै पहुँच भएकाले सामाग्री उत्पादन तथा प्रशारण गर्ने डिजिटल सामाग्री उत्पादहरु झनै जिम्मेवार हुनु पर्छुु, प्रधानमन्त्री ओलीले भने । पछिल्लो समय समाजमा नकारात्मक सन्देशहरु फैलाउने पत्रकारिताको न्यूनतम मर्यादा विपरीत कार्य गर्ने लगायतका गतिविधिहरु बढेको भन्दै त्यसलाई सुधार्ने नेतृत्व डिम्यानले गर्नुपर्ने बताए । डिम्यानका पदाधिकारीहरुले सरकारले राष्ट्रिय सभामा पेश गरेको सामाजिक सञ्जालको…

Read More