Author: Transparentgroup
काठमाण्डौं । काठमाण्डौको जडीबुटीमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीहरुले आगो लगाएका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्। राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार राजावादीहरूले प्रदर्शन र सभाको आयोजना गरेका थिए। तर सभा सुरू हुनुपूर्व नै प्रहरीसँग मुठभेडमा उत्रिएपछि तीनकुने क्षेत्रको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो। उत्तेजित राजावादीहरूले सञ्चार गृह र निजी घरमा समेत निशाना बनाएका थिए। तीनकुनेको निजी घरमा तोडफोड र आजजनी गरेका राजावादीले कान्तिपुर…
काठमाडौँ । तिनकुनेमा राजावादीले गरेको आन्दोलन निकै अराजक बन्यो । यतिसम्मकी नीजि आवासदेखि सरकार सवारी साधनमा तोडफोड र आगजनी नै गरियो । सुरक्षाकर्मीले तिनकुनेवाट राजावादी समूहलाई तिरिबितर पारेसँगै उनिहरु आगजनीमा उत्रिए । जसको परिणाम स्वरुप कोटेश्वर, तिनकुने र सिनामंगलमा निषेधाज्ञा लगाउनु पर्ने अवस्था श्रृजना भयो । आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेका छन् । तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्याएका छन् । राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि उनिहरु ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका थिए । तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको…
काठमाडौं । राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ । काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत…
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी मण्डलेहरूले तीनकुने क्षेत्रमा आतङ्क मच्चाएको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले चैत १५ नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा अङ्कित भइसकेको भन्दै गणतन्त्रवादीहरुले कार्यक्रम राखेपछि प्रतिगामीहरूले पनि कार्यक्रम जुधाएर आतङ्क मच्चाएको बताए । ‘एकातिर राजावादी र अर्कोतिर गणतन्त्रवादीको आन्दोलन । पहिला हामीले आजको दिन कार्यक्रम राखेपछि उनीहरूले कार्यक्रम जुधाउँदा नै वातावरणलाई धमिल्याउने र उत्तेजित पार्ने मनसाय देखिएकै थियो’, प्रचण्डले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गै जस्तो…
काठमाण्डौं । काठमाण्डौको तिनकुनेमा जारी रहेको राजावादीहरुको आन्दोलन निकै आक्रामक बनेको छ । सोही क्रममा तिनकुनेमा झडप चलिरहँदा केही राजावादी कार्यकर्ताले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् । यता प्रहरीसँगको झडप भईरहँदा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका राजावादीको एक समूहले आलोकनगरस्थिति एसको कार्यालय पुगेर ढुंगामुढा गरेका हुन् । ढुंगामुढा प्रहारवाट नेकपा एसको पार्टी कार्यालय रहेको घरका सिसा फुटेका छन् । ब्यक्रिगत सम्पतीमा तोडफोड गरीरहेका उनिहरुले नेकपा एसको कार्यालयमा तोडफोड गरेका हुन् ।
काठमाण्डौं । काठमाण्डौको तिनकुने एकाएक रणभूमिमा परिणत भएको छ । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र रुप लिएको हो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र फायरिङ्ग नै गर्नुपर्ने अवस्था श्रृजना भए । यसवाट केही आन्दोलनकारी र केही सुरक्षाकर्मी घाईते भएका छन् । शुरुमा नीजि घरमा तोडफोडमा उत्रेका आन्दोलनकारीले केही समयपछि सोही घरमा आगलागी गरेका थिए । उनिहरुले सो आगो निभाउन आएको दमकल माथि पनि ढुङ्गामुढा प्रहार गरेका थिए । आन्दोलनले उग्ररुप लिन थालेपछि प्रहरीले आफ्नो सुरक्षाका लागि फायरीङ्ग नै खोल्नु परेको थियो । प्रहरीले फायरीङ्ग खोलेसँगै तिनकुने क्षेत्र रणभूमीमा परिणत भएको छ । नीजि घरमा आगजनी गरिएको छ ।…
काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अझै पनि संसद् भङ्गकै सोचमा रहेको आरोप लगाएका छन्। शुक्रबार ( आज ) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। सरकारमा बस्ने मान्छेलाई कुनै चिन्ता छैन। हामीले खबरदार, तिम्रो कारणले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् भनेका छौँ। तर, उनीहरू संसद् भङ्गकै सोचमा छन् अझै पनि, उनले भने, त्यसकै कारण उनले एकपटक पदबाट बहिर्गमन हुनुपरेको थियो। उनले सरकारले बिचौलिया र कमीसनखोरहरूको पक्षमा निर्णय गर्दै अगाडि बढिरहेको दाबी पनि गरेका छन्। सरकारलाई जनताको दुस्खसँग कुनै चिन्ता छैन।…
काठमाडौँ । काठमाडौँको तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ। राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो। राजावादी समर्थकले तीनकुनेको घरमा लगाएको आगो निभाउन दमकल गएको छ। केहीबेरअघि दमकल सो क्षेत्रमा गएको हो। तर, दमकलमाथि समेत प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका छन्। प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो। तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। यतिसम्मकि, प्रहरीमाथि जबर्जस्ती दुर्गा प्रसाईँको पछुवा गाडी कुदाएका थिए। त्यसपछि भीडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। तर, प्रदर्शनकारी झन् आक्रामक भएर व्यक्तिको घरमा ढुङ्गामुढा र तोडफोडमा उत्रिएका…
काठमाडौं । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका कुलमान घिसिङको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् । प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने अन्तरिम आदेशको माग गरेका थिए । त्यसपछि न्यायाधीश मुसलमानले कानुन व्यवसायीहरुलाई ‘अल्पकालीन अन्तरिम आदेश जारी नहुने’ बरु दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त…
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो। यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरिएको छ। सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुटेन। विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क