Author: Transparentgroup

काठमाण्डौं । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । ८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उनी नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो । राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय थिएनन् । यद्यपी उनी राप्रपाको नेतृत्वमा थिए । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उनी आन्दोलन परिचालन समितिको संयोजक भएका थिए । शुक्रवारको आन्दोलनमा उनी अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँडेका थिए । उनलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्नेगरी नजरबन्द गरिएको छ ।…

Read More

काठमाडौँ । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरुलाई राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो । दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ,…

Read More

काठमाडौं । सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए । प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।

Read More

काठमाडौं । राजावादी समूहद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेका छन् । भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादी समर्थकहरुले सीसीआरसी कलेज अगाडि रोकेर आगजनी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् । बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उनले बताए । ‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर…

Read More

काठमाण्डौं । समाजवादी मोर्चाले राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको छ । शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शन थियो । प्रदर्शनका क्रममा राजावादीबाट उच्छृङ्खल गतिविधि भएको भन्दै समाजवादी मोर्चाले विज्ञप्ति निकालेर राजावादीको गतिविधिलाई अराजकताको संज्ञा दिएको हो । ‘यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एवं निन्दा गर्दछौं,’ समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् । राजावादीको गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।…

Read More

काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका समाचार प्रमुख केदार कोईरालाले सो आगलागीमा ज्यान गुमाउने रजक नै भएको बताए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।

Read More

काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक भएको र सो आन्दोलनमा एक जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । अहिले साँझ पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयका सहसचिव छवि रिजालले सो बताएका हुन् । ‘पूर्व राजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा जुन गतिविधि गरियो त्यो खेदजनक छ, सभ्य समाजले हेर्दा लाज लाग्ने आन्दोलन हामीले देख्यौँ’, उनले भने, ‘सुरक्षाकर्मीलाई नै मार्ने नियतले जब उहाँले सवारी साधन चलाउनुभयो त्यहाँबाट नै आन्दोलन त्यो रूप लिएको छ ।’ उनले आज भएको आन्दोलनमा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएकोसमेत बताए । उनले सरकारले अनुमान गरेको भन्दा आन्दोलन फरक हुन पुगेको समेत बताए । साथै अराजक गतिविधि गर्नेमाथि सूक्ष्म…

Read More

काठमाडौँ । तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको प्रहरी स्रोतले बतायो । तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो । प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा…

Read More

काठमाडौं । कर्फ्यू आदेश पालना गराउन तीनकुने–बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातीको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ । राजवादी समूहको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा गरेको गरेको प्रर्दशनले उग्ररुप लिएको हो । सो क्रममा प्रदर्शनकारीहरुले संयमता गुमाउँदा प्रहरीमाथि…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकष्मिक बैठक बोलाएका छन् । आज ( शुक्रबार )  बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप निर्णय लिन मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाइएको हो । यसअघि सुरक्षा समितिको बैठक समेत बसेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीहरुले आज तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए । जनसभाको संज्ञा दिइएको उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएपछि उनीहरुले तीनकुनेमा व्यक्तिको घरमा आगजनीसमेत गरेका थिए । उनीहरुले प्रहरीको भ्यानमा समेत आगजानी गरेका छन् । त्यसैगरी, नेकपा…

Read More