Author: Transparentgroup

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले जानकारी दिइन् । आयोगले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ । आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको…

Read More

काठमाडौं । गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको जनाएको छ । धर्ना–जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन गृहले सबैमा अनुरोध पनि गरेको छ । जेनजीहरुले अर्को ठूलो आन्दोलन गर्न लागेको चर्चाबीच गृहले विज्ञप्ति जारी गरेर सो अनुरोध गरेको हो । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात देशमा नयाँ परिस्थिति विकास भएको उल्लेख छ । ‘नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले बिहीबार ( भोलि )  दिउँसो १ बजे ललितपुरमा बस्नेगरी पार्टी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक ललितपुरको कुन ठाउँमा बस्ने भन्ने खुलाइएको छैन । आगामी असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । उक्त केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

Read More

काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।…

Read More

काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८–४५ बजेदेखि सुरु हुनेछ ।टी –२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो । आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन(जी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगलागीमा महानगरको दमकलले भूमिका नखेलेको भन्दै आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका छन्। मंगलबार साँझ एक लामो सामाजिक सञ्जाल स्टाटस लेख्दै उनले अराजक परिस्थितिका बीच पनि महानगरको टोलीले ज्यानको जोखिम मोलेर ५५ भन्दा बढी स्थानमा आगो निभाएको विस्तृत विवरण सार्वजनिक गरेका हुन्। ‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो रु सिंहदरबार जलाउने नै बालेन शाह हो १ जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,’ शाहले लेखेका छन्, ‘हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।’ उनले भदौ २४ गतेको दिन देश नै अस्तव्यस्त र…

Read More

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चरिकोट( खाड़ीचौर सडक खण्डमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीका अनुसार चरिकोट(खाडीचौर सडक खण्डको सुनकोशी(७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रामेछापको खाडादेवी गागल भदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा,प्र.०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको अवस्था सामान्य रहेको कार्कीले…

Read More

काठमाडौँ । भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा उल्लेखित विषयमा ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।  गृह मन्त्रालयले भने विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो ।

Read More

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध दिएको जाहेरी काठमाडौं प्रहरी परिसरले बुझेको छ। अनेरास्ववियुले दिएको जाहेरी बुझेर परिसरले सरकारी वकिल कार्यालयसँग छलफल गरेर दर्ता गर्ने–नगर्ने भन्ने प्रतिक्रिया जनाएको छ। ‘हामीले जाहेरी दिएका छौं। २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ’, जाहेरी दिन पुगेका अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले भने। उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए। प्रहरीबाट प्रतिक्रिा आएपछि आफूले थप प्रतिक्रिया जनाउने अनेरास्ववियुले जनाएको छ। जाहेरीमा सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको…

Read More

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले जाहेरी दर्ता गराएका हुन् । प्रहरीले मृतक परिवारको जाहेरी बुझेर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको छ । परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईका अनुसार आज मृतकका परिवारहरु ईश्वर अधिकारी, पुरूषोत्तम खतिवडा, अमेरिकाकुमारी चौधरी र गणेश चौलागाईंले ओली–लेखकविरुद्ध जाहेरी बुझाएका हुन् । जेन–जी आन्दोलनको अनुसन्धान आयोगको कार्यक्षेत्रभित्र पर्ने र नियमित संयन्त्रबाट कारबाही नहुने भन्ने गृहमन्त्रालयको निर्णयबमोजिम आफूहरुले जाहेरी बुझेर आयोगमा नै पठाएको उनले बताए । ओली र लेखकले मानवताविरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको दाबीसहित जाहेरी परेको…

Read More