Author: Transparentgroup
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार घटना नसोचेको बताएका छन् । समाजवादी मोर्चाको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शुक्रबार भएको हिंसात्मक गतिविधिको पूर्वतयारी नभएको देखिएको बताएका हुन् । उनले हिजोको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको बताए । उनले भने,‘ सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराउँदा पनि झण्डै ४०र ४५ मिनेटसम्म पनि पुसिल फोर्स नदेखिनु विडम्वना भन्नुपर्ने हुन्छ । हिजो हामीले यो स्तरको दुर्घटना होला भनेर सोचिएन भनेर सुरक्षा निकायले भनेको छ । राजधानीको मुटुमा यस्तो विवेकहिन आपाराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समिक्षा…
काठमाडौँ । आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । शुक्रबार काठमाडौँमा भएको प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति हुनुपर्ने महासंघले जनाएको छ । ‘२०८१ चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलनरप्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलनरप्रदर्शनका क्रममा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं ,’ महासंघले भनेको छ,‘ साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति,…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजा फर्काउने भन्दै हिजो भएको आन्दोलनका क्रममा गरिएको तोडफोड तथा आगजानीबाट क्षति पुर्याएका संरचनाको स्थलगत निरीक्षण गरेका छन् । उनको साथमा चारवटै सुरक्षा निकायका अधिकारी पनि थिए । राजावादीको निसानामा परेको तीनकुने(कोटेश्वर क्षेत्रको क्षतिग्रस्त निजी घर, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयलगायतका स्थान पुगेर लेखकले त्यहाँको क्षति विवरणबारे जानकारी लिए । पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेको भन्दै सरकारले गम्भीरतापूर्वक लिएको बताए ।शुक्रबार राजवादीको आन्दोलनको क्रममा कोटेश्वर, तीनकुने तथा आसपासको क्षेत्रमा तोडफोड, आगजनी तथा लुटपाट भएको थियो । एभिन्युजका एक क्यामरा पर्सनसहित २ जनाको मृत्यु भएको छ ।
काठमाडौं । आम जनता पार्टी ( आजपा ) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आजपा अध्यक्ष साहले एक विज्ञप्ती जारी गर्दै पछिल्लो घट्नाक्रमको नैतिक जिम्मेवारी लिँदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजीनामा मार्गप्रशस्त गर्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति तथा सुव्यवस्था कायम गर्न असफल भैसकेको दाबी गरेका छन् । ’वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाडौंमा ठुलो जनधनको क्षति भएको छ । पत्रकार सुरेश रजक र सविन महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएका छन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै…
काठमाडौं । नेपाल पत्रकार महासंघले आज आफ्नो ७० औं स्थापना दिवस मनाउँदैछ। बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवस मनाउन पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा…
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ ( क्यान ) ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। स्टुअर्ट यसअघि अमेरिकाका मुख्य प्रशिक्षक थिए। क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघ महिनामा सकिएको थियो। उनले देसाइको स्थान लिनेछन्। गत फागुन ३ गते सूचना निकाल्दै क्यानले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको हो। क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता तथा पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको थियो। यस्तै, एसोसियट…
काठमाण्डौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७।७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ। म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा पनि भूकम्पले अग्ला अग्ला भवनहरूमा क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ। भूकम्पको धक्का थाइल्याण्डको बैंकक, चीन र भारतमा समेत महशुस भएको थियो। थाइल्याण्डको बैंककमा रहेको एउटा गगनचुम्बी भवन गर्ल्यामगुर्लुम्म ढलेको थियो।…
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।…
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् ।अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार थप कर्फ्यु आदेशको सम्भावना छैन । तर, प्रहरी निगरानी उच्च पारिएको उनले बताए । त्यहाँ कुनै किसिमको प्रदर्शन भए ‘फायर’ खोलिने, अर्थात् गोली प्रहार गरिने उनले बताए । ‘प्रदर्शन हुने पूर्वसूचना छैन, तर हामी…
काठमाडौँ । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म जारी कर्फ्यु आदेश स्थगित गरिएको छ । शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । ७ बजेसम्म जारी कर्फ्यु थप गरी आज बिहानसम्म पुर्याइएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको हो ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क