Author: Transparentgroup
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएका छन् । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। ‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनहितमा अगाडि बढ्ने यो सही समय हो’, अध्यक्ष दाहालले भने, ‘सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरूलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’ राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना…
काठमाडौं। कुशल भुर्तेलको अर्धशतकसँगै पुलिसले लगातार दोस्रो सिजन प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ६ विकेटको जित निकालेको हो। गत वर्ष पनि पुलिसले नै उपाधि जितेको थियो। आर्मीले दिएको १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै १५७ रन बनायो। पुलिसको जितमा भुर्तेलले अर्धशतक प्रहार गरे। ७० बल खेलेका उनले सात चौका र तीन छक्कासहित ६१ रन प्रहार गरे। अमित श्रेष्ठले ३८ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। दीलिप नाथ २१ रनमा अविजित रहे। आर्मीका तीन विकेट नै शहाब आलमले लिए। १० ओभर बलिङ गरेका उनले ५१…
काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर, जडिबुटी र तीनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा छानबिन आयोग गठन गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘आमजनतामा उत्पन्न भएको निराशा र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दू राज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागि २०८१ साल चैत १५ गतेका दिन गरिएको कार्यक्रम…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग गर्न माग गरेको छ। केन्द्रीय सचिवालय ९भर्चुअल० बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए। यस्तै, बैठकले पार्टीको केन्द्रीय समिति बैठक चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि गरेको छ।
बालेनले काटे ज्ञानेन्द्र शाहलाई ८ पत्र, तिर्लान् त ज्ञानेन्द्रले ७ लाख ९३ हजार जरिवाना ( पत्र सहित )
काठमाण्डौं काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै जरिवाना तोकेको छ । हिजो ( शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनकोमा महानगरले उक्त पत्र काटेको हो । हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनअन्तर्गत १ लाख, रूख विरुवा रेलिङ तोडफोड गरेवापत ४० हजार, तीनकुनेको आइल्याण्डमा तोडफोड गरेवापत २३ हजार, फोहोर मैला गरी वातावारण प्रदुषण गरेवापत १…
काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले तीनकुने घटनाको अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्न माग गरेको छ । नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानविन र अनुसन्धान गर्न माग गरेको हो । महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुन बमोजिम हदैसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं ।’ राजावादीहरूको भिडले सिर्जना गरेको परिस्थितीका कारण पत्रकार सुरेश रजक र अर्का सर्वसाधारण सविन महर्जनको मृत्यु भएको भन्दै बारले घाइतेहरूको उपचारमा ध्यान दिन माग गरेको छ । सञ्चारगृह, राजनीतिक दलका कार्यालय, ल फर्म, लगायतका ठाँउमा लुटपाट र आगजनी भएको भन्दै बारले त्यस्ता घटनालाई गम्भिरतापूर्वक…
काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको र त्यस्तो कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रने चेतावनी दिएका छन्। शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको दाबी पनि उनले गरेका छन्। अनपेक्षित प्रहरी दमनका कारण आफ्नो…
काठमाण्डौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष ब्युरोले उनलाई इमाडोलबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। हिजो आन्दोलन अराजक बन्दै गएपछि आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई र पुष्कर खतिवडा नजिकैको एक सटरमा लुकेर बसेका थिए । आन्दोलन चर्किदै गएपछि प्रसाई गाडी निकालेर प्रहरीको घेरा तोड्दै भागेका थिए । प्रहरीले गिरफ्तार गर्ने थाहा पाएसँगै फरार रहेका प्रसाई हिजो उनै धर्मगुरु पुष्कर खतिवडाको…
काठमाण्डौं । राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले प्रदर्शन गरेको छ । स्थापना दिवसमा पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगितगरी महासंघले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरूले पत्रकार सुरेश रजक हत्याको दोषीलाई कारबाही गर्, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्, प्रेसमाथिको आक्रमण निन्दनीय छ लगायत लेखेका प्लेकार्ड बोकेका थिए ।
कैलाली। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएपछि चौधरीले नैतिकताका आधारमा पदमा नबस्ने घोषणा गरेको बताए । चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन् । अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क