Author: Transparentgroup

काठमाडौँ। चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता…

Read More

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आइतबार बिहान नागरिक समाजले अराजकता र हिंसा रोक्न माग गर्दै धर्ना दिएको छ। लोकतन्त्र, मानव अधिकार र शान्तिको पक्षमा आवाज उठाउँदै उनीहरूले धर्नामार्फत अराजकता र हिंसा निरुत्साहन गर्न जोड दिएका छन्। धर्नामा ‘गणतन्त्रको जग बलियो बनाऔं’, ‘अराजकता नियन्त्रण गर’, ‘आर्थिक अनियमितता र कालोबजारी रोक’, ‘समानता, न्याय र समावेशिता सुनिश्चित गर’, ‘लोकतन्त्रको रक्षा गर’, ‘नागरिक अधिकारको संरक्षण गर’, ‘निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर’, ‘मिडियामाथिको हमला बन्द गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘जनताको सुरक्षामा सम्झौता नगर’ जस्ता प्लेकार्ड र नारा देखिएका थिए। धर्नामा सञ्चारकर्मीसँग कुरा गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा वृहत् नागरिक धर्ना अभियानका संयोजक…

Read More

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुवै सदनको आज बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्नेछन् । यस्तै, संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा…

Read More

काठमाडौं । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता कार्यकर्ता हरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । हिंसात्मक आन्दोलनका क्रममा ११२…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । तीनकुने घटनामा पूर्वराजालाई पक्राउ गरिनुपर्ने अभियान सामाजिक सञ्जाल प्रयोगकर्ताले चलाइरहेको बेला उनले यस्तो बताएका हुन् । सबै राजनीतिक दलहरु, अभियन्ताहरु र सबैले पूर्वराजालाई पक्राउ गर्नुपर्ने माग गरीरहेका बेला राप्रपा अध्यक्षले पक्राउ गर्न ठाडो चुनौती दिएका हुन् । अब प्रश्न उठेकोछ , के सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहालाई पक्राउ गर्ला त ? नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी…

Read More

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे । ‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो । त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने । एउटा निरंकुश शासनतर्फ लाने मनसायका…

Read More

काठमाण्डौं । पार्टी उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)  ले सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको कार्यसम्पादन समिति बैठकले शुक्रबार आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई छोड्न २४ घण्टे अल्टिमेटम दिएको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । शुक्रबार राजावादी प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले मिश्र, राणासहितका नेतालाई पक्राउ गरी हिरासतमा राखेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं अरु घाइते छन् । राजावादी प्रदर्शनकारीले भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाएका थिए । सञ्चार गृहदेखि पार्टी कार्यालय र…

Read More

काठमाण्डौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १ हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पमा परी २३ सयभन्दा बढी घाइते भएको समाचारमा उल्लेख छ । म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रविन्दुको सबैभन्दा नजिकको शहर मण्डलेमा ६९४ जनाको मृत्यु भएको छ । राजधानी नेपिडाउमा ९४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ७।७ थियो । छिमेकी देश थाइल्याण्डको राजधानी बैंककसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।…

Read More

लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह कहिल्यै नसुध्रिने बताएका छन्। शनिबार लुम्बिनीमा नेपाली लेखक संघको आठौं महाधिवेशन उद्घाटन गर्दै देउवाले पूर्व राजा शाह कहिल्यै सुध्रिने मानिस नभएको टिप्पणी गरे। ‘पूर्वराजा ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनि सुध्रिने मानिस पनि होइनन्,’ देउवाले भने, ‘उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्।’ सभापति देउवाले शुक्रबार पूर्वराजाको नाममा काठमाडौंमा भएको हुलहुज्जत र अराजकताले उनी कस्ता व्यक्ति हुन् भन्ने स्पष्ट पारिदिएको बताए। पूर्व राजाको नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ,’ देउवाले भने। सभापति देउवाले शुक्रबार भएको…

Read More

काठमाण्डौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा आज टुँडिखेलमा आयोजित समारोहको अवलोकन गरेका छन्। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। समारोहमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए। त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए। प्रदर्शनमा उत्कृष्ट हुनेलाई…

Read More