Author: Transparentgroup
काठमाण्डौ. । नेकपा ९एकीकृत समाजवादी० ले चैत २५ गते देशभर भण्डाफोर अभियान चलाउने भएको छ। एकीकृत समाजवादीले आइतबार पत्रकार सम्मेलन गर्दै राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त प्रदर्शन गर्न लागेको हो। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। राजावादीहरूको प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको ज्वालाले जानकारी दिए। ‘अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड,…
काठमाडौँ । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले आफु प्रहरीवाट नभागेको र ज्यानको सुरक्षाका लागि मन्दिर गएर बसेको बताएका छन् । बिगत ३ दिनदेखि प्रहरीको फरार सूचीमा रहेका प्रसाईले आफु भाग्ने मान्छे नभएको पनि उनले स्पष्ट पारेका छन् । आफुलाई मार्ने अन्तिम तयारी भएको थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ । १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा…
काठमाडौं । संसदमा राप्रपाका सांसदहरुले हंगामा मच्चाएका छन् । माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि राप्रपा अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले आफुहरुलाई थुन्न सरकारलाई चुनौती दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच लिङदेनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल ? https://www.youtube.com/watch?v=ff7vvvvabPM&t=3s
काठमाण्डौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको यो रिट हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालतले जानकारी दिएको छ । दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा पेसी तोकिएको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो । साथै सो इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको थियो । कुलमानले सरकारले बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदरको माग गर्दै अन्तरिम आदेशको माग गरेर…
काठमाण्डौं । सभामुख देवराज घिमिरेले तीनकुनेमा शुक्रबार भएको घटनामाथि संसदमा बहस गर्न दलहरुलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठक बस्नु अघि आइतबार प्रमुख दलका सचेतकहरुसँगको छलफलमा सभामुख घिमिरेले राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शन लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको बताए। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा प्रतिपक्षी दलहरुले संसद अवरोध गरिराखेका समय लोकतन्त्रमाथि नै गम्भीर प्रहार भएको विषयमा छलफलको वातावरण बनाउन दलहरुलाई सभामुख घिमिरेको आग्रह थियो । राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गर्दै सभामुखले अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने बताएका…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन्। एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो। प्रचण्डसँगको कुराकानी पश्चात प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्। गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो। सत्तारूढ नेपाली कांग्रेसका…
काठमाण्डौं । नेपाल बिधुत प्राधिकरणका बर्तमान र निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङ्गको मुद्धाको पेशी सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङले दायर गरेको मुद्दाको पेसी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासमा परेको छ । न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिनेरनदिने भन्नेबारे आदेश दिनेछ । यसअघि गत शुक्रबार सर्वोच्चका न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए । न्यायाधीश मुसलमानको इजलासले कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णयसँग सम्बन्धित मुद्दाको…
काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध रहेको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी दलहरू प्रधानमन्त्रीको जवाफ नसुनेसम्म सदन नखोल्ने अडानमा छन । आइतबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय…
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले काठमाण्डौ महानगरपालिकाले जरिवाना सहित पठाएकाृ पत्र बसझ्न मानेनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर नगर प्रहरीको टोलीलाई निर्मल निवासमा छिर्न नदिएर गेटवाट फर्काइएको छ । शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । उक्त पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् । बालेनका कानुनी सल्लाहरका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क