Author: Transparentgroup

काठमाडौँ । सांसद रामप्रकाश चौधरीले काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनको कार्यसूचीका बारेमा थप प्रस्ट पार्नुपर्ने बताए । सांसद सुवालले भ्रमणका क्रममा कुनै पनि सम्झौता गर्नुपर्ने भए नेपाली जनतालाई जानकारी गराउनुपर्ने उल्लेख गरे । उनले तीनकुने घटनामा ज्यान गुमाएका व्यक्तिका लागि सरकारका तर्फबाट उचित राहत र क्षतिप्रर्तिको प्रबन्ध गर्नुपर्ने बताए । सांसद…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता नेकपा एकीकृत समाजवादी बनेपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेर दिवंगत नेता एवम् लेखक कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन्। ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि थिए । ओलीले उनीहरूसँग केही बेर भलाकुसारी गरे । ओलीले त्यसक्रममा यही शुक्रबार राजावादीले तोडफोड र आगजनी गरेर पुर्‍याएको क्षतिको विवरणबारे पनि जानकारी लिएका छन् । नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताएका छन् । आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । ‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’ सभापति लामिछानेले भने, ‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’ लामिछाने पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि उनको स्वागतका लागि…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  का सांसद धवल शमशेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ । सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा जानकारी गराए । प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको उनले बताए । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा शुक्रबार राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि सांसद जबरा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जबरा राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक हुन्…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । राप्रपा र निकटका संगठनले नेताहरूमाथि झूटो मुद्दा लगाएर कारवाही थालिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले सबैलाई तत्काल रिहा गर्न माग गरेका छन् । पक्राउ परेका नेताहरू छाड्नुपर्ने, तीनकुने घटनाका मृतकहरूलाई शहीद घोषणा, घटनाको छानबिन हुनुपर्ने उनीहरूको मुख्य माग छ । राजावादी आन्दोलनको क्रममा शुक्रबार तोडफोट र लुटपाटमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  ले दुई युवाको ज्यान जानेगरी भएको तीनकुने घटनामा न्यायिक छानबिनको माग गरेको छ ।प्रतिनिधि सभामा सोमबारको बैठकमा सम्बोधन गर्दैै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हिँडिरहेका सबिन महर्जनलाई गोाली हानिएको र रिपोर्टिङ गरिरहेका एभीन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइएको घटनामा छानविन हुनु पर्ने बताए । उक्त घटनाबारे सरकार, विश्वसमुदाय, मानवअधिकारकर्मीको ध्यानाकर्षण गराउँदै अध्यक्ष लिङदेनले न्यायिक छानबिन आयोग गठन गरेर दोषीहरुलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे । चैत १५ गते तीनकुनेमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले उनीहरुहरुलाई शहिद घोषणा गर्न माग गरे । अध्यक्ष लिङदेनको प्रश्न छ, तीनकुने घटनामा आन्दोलनकारीले मात्रै ज्यादती गरेको…

Read More

काठमाण्डौं । नेकपा ९एमाले० का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन्। सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्ने बताए। उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैनरु भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गरे। ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो। आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो। त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु। सम्झौता भंग…

Read More

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरुले गरिरहेको विरोधका कारण संसद्का महत्वपूर्ण काम अवरुद्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको तथा संसद्मा महत्वपूर्ण कानुनहरु पारित गर्नैैैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर संसद् अवरुद्ध गर्न नहुने स्पष्ट पारे । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनमा छुट्टाछुट्टै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आधारमा निर्धारण हुने र त्यसको अधिकार विभागीय मन्त्रीलाई हुने स्पष्ट पारे । “केही दिनयता संसद् अवरुद्ध छ । सुशासनमा…

Read More

काठमाडौं । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाएको बिरुद्ध सडक संघर्ष चलाईरहेको ४ दलीय समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् । यसअघि प्रतिपक्षमा रहेका माओवादीलगायतका दलहरुले कुलमानको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग्दै संसद अवरोध…

Read More