Author: Transparentgroup

काठमाडौं ।  गैरकानुनी रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाइएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएको सो रिटमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । गत चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । कार्यकाल सकिन ४ महिना बाँकी रहेको अवस्थामा सरकारले पदमुक्त गरेपछि उनी सर्वोच्चमा गएका हुन् । त्यस्तै, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो मुद्दाको टुङ्ग्याइदिन भन्दै दिएको निवेदनमाथिको सुनुवाइ पनि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दा लगाउमा राखेर हेरिएको थियो ।

Read More

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए। “अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उनका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि पर्यटन विभागले पछिल्लो…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्। लामिछाने आज  ( मंगलबार )  बिहान १० बजे सिंहदरबारस्थित सभामुखको कार्यालयमा जाने भएका हुन्। उनीसँगै रास्वपाका सांसदहरूले जाने भएका छन्। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतस् निलम्बनमा परेको थियो। संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ। सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका…

Read More

काठमाण्डौं । आज ( मंगलबार )  संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ। बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै शिक्षा,…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिमस्टेक )  को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात ( पैटोङ्टार्न शिनावात्रा ) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ। प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ। यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन्। सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी ३ दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उनले निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।   त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ।  पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमतीलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए। प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना दिए। उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको जानकारी दिए। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन…

Read More

काठमाडौं । राष्ट्रिय सभाबाट पाँच वटै अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छ । आज ( सोमबार )  बसेको राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित भएको हो । आज पारित नभएको भए अध्यादेशहरू निष्क्रिय हुने थिए । हिजो नै सत्तापक्षले अध्यादेश पारित गर्न लागेको थियो । तर निरन्तरको संसद अवरोधका कारण अप्ठेरोमा परेको सरकारले आज संसदका दुबै सदनमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि मात्रै यि बिधेयक पारीत भएका हुन् । सरकारले अध्यादेश मार्फत ल्याएका विधेयकहरु निष्क्रिय हुने अवस्थामा पुगेका थिए । कुलमान घिसिङ्गलाई हटाएको बिरोधमा निरन्तर संसदका दुबै सदन अवरोध भएसँगै के हुन्छ भन्ने अन्यौलता सत्तापक्षकाबिच छाईरहेको थियो ।

Read More

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सहकारी संस्थामा बचत गर्ने रकमको सीमा निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलका क्रममा सांसद तुलप्रसाद विश्वकर्माले १० करोडभन्दा कम कारोबार हुने सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीको कार्यकाल बढीमा दुई पटकसम्म हुने व्यवस्था गर्नु उचित नहुने बताए । “सहकारी बचतको सीमा निर्धारण गर्नुपर्ने छ । बचत तथा ऋणको सीमा निर्धारण गरिएमा सहकारीबाट ठगिने आत्महत्यासम्मको बाटो अपनाउनुपर्ने अवस्था आउन छैन”, उनले भने । सांसद विष्णुबहादुर विश्वकर्माले सहकारी सञ्चालक समितिको अध्यक्ष र सदस्यको पदावधिको औचित्यका आधारमा सिफारिस भएमा मात्रै पुनःनियक्ति गर्नुपर्ने प्रावधान राखिनुपर्ने सुझाव दिए…

Read More