Author: Transparentgroup

काठमाडौं  । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको हो। प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदरको माग गर्दै कुलमान घिसिङले रिट निवेदन दायर गरेका थिए। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिवेला रिट निवेदन दायर गरेका थिए। अदालतले दुवै रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

Read More

बागलुङ । चैते दसैँ सुरु भएसँगै बागलुङस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बढेको छ। आइतबारदेखि नवरात्र सुरु भएको छ। चैते दसैँ भनेर चिनिने यो पर्वमा दुर्गा भवानीको पूजा गरिन्छ। बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्छन्। चैतको नवरात्रमा बागलुङ कालिकाको पूजा र बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। गण्डकी प्रदेशको प्रमुख शक्तिपीठ मानिने यो मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। ‘चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँ भक्तजन आएका छन्, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान छ,’ खड्काले भने, ‘यो अवसरमा चैत २० गतेदेखि मेला पनि आयोजना…

Read More

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसीडीपी० सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र ( एमओयु )  मा हस्ताक्षर गरेका छन् । नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास…

Read More

मकवानपुर । बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमति जुट्न ढिलाई हुँदा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । विगतमा भएका सहमति कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरुबिच विवाद रहेको छ । बागमतीप्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि बोलाउनुभएको बैठक दलहरुबिच सहमति नजुट्दा दिउँसो ४ बजेका लागि सारिएको थियो । प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले प्रदेशसभा बैठकसम्बन्धी सूचना जारी गर्दै विशेष कारणबस बैठक बस्न नसकेको जनाउनुभएको छ । बैठक विशेष कारणबस बस्न नसकेकाले सभामुखले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी…

Read More

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबिच बुधबार भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने…

Read More

काठमाडौँ । राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ। मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारले अपिल गरेको बताए। गत शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उनले बताए। ‘तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ‚’ उनले भने, ‘साथै यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’ घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई…

Read More

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको राजधानी बैंकक पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६।१५ बजे बैंकक पुगेका हुन । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भइरहेको हो ।…

Read More

काठमाण्डौं । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरुले २४ घण्टाभित्र सरकारले तोकेबमोजिम निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीमा लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आज एक विज्ञप्ति निकाल्दै एमडी, एमएस र एमडीएस गर्ने आवासीय चिकित्सकलाई तोकेबमोजिमको निर्वाह भत्ता दिन २४ घण्टाको समय दिएका हुन्। चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर गर्ने आवासीय चिकित्सकलाई आठौँ तह बराबरको निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर निर्णयपछि पनि सो निर्वाह भत्ता नपाएको विज्ञप्तिमा उल्लेख छ। संघर्ष समितिले २४ घण्टाभित्र तोकेबमोजिमको निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने जनाएको छ। संघर्ष समितिका अध्यक्ष डा। शेषराज घिमिरेले आवासीय चिकित्सकले…

Read More

वीरगंज । आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको नेतृत्व गरिरहेको नेकपा ( एमाले ) ले सडकमा तमाशा देखाईरहेको टिप्पणी गरेका छन् । असफल भईसकेका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेको उनले बताए ।आजपा पर्साद्धारा आज वीरगंजमा आयोजित अगुवाकार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले एमालेको सडक प्रदर्शनले अराजकताको हद नाघेको टिप्पणी गरेका छन् । एमाले निकट युवा संगठनले सोमबार काठमाडौंको तीनकुनेमा मोटरसाईकल र्याली निकालेपछि उनले एमालेले राजा छैन भन्ने अनि राजाको विरुद्धमा सडकमा बाईक र्यालीको नाममा गुण्डाहरुको ताण्डव देखाईरहेको बताए । ‘एमाले, कांग्रेस, माओवादी केन्द्रहरुले उक्साएर राजा ल्याउन खोजेका छन् । हुदैनभएको राजाको…

Read More

काठमाडौं । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेट गरेका छन् । गत शुक्रबार ( १५ चैत )  काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एकपटक भेट गरेका थिए । शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए । लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्र र जबरालाई पक्राउ…

Read More