Author: Transparentgroup

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यकारी निर्देशकाके बाटो खुलेको छ । मङ्गलबारदेखि हेर्दाहेर्दैमा राखिएको घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथिको सुनुवाइ बिहीबार सकिए पनि घिसिङको मागअनुसार सरकारको निर्णय रोक्ने आदेश नआएको सर्वोच्च प्रशासनले जनाएको छ। न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले गरेको सुनुवाइपछि यो फैसला आएको हो। गत सोमबार मन्त्रिपरिषद्ले घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि घिसिङले आफ्नो पदावधि बाँकी छँदै बदनियतपूर्वक हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णयविरुद्ध…

Read More

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने र रवीन्द्र मिश्र र धवल शमसेर राणा लगायतका व्यक्तिहरुलाई थुनामा राख्नु आपत्तिजनक भएको बताएका छन् । जोर जबर्जस्ती गर्न खोजे सरकारलाई महङ्गो पर्न सक्छ थापाले भने । आज पार्टीका प्रबक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारिको १३ औ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । थापाले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई…

Read More

काठमाडौँ । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको तजनता प्रगतिशील पार्टी रहेको छ । विभिन्न २६ बुँदे उद्देश्य र प्रतिबद्धतासहित मोर्चा घोषणा गरिएको हो । मोर्चाको मुख्य उद्देश्य सामथ्र्य…

Read More

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मिन आङ हलिङबीच भेटवार्ता भएको छ । आज बैँककमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएको छ । मोदी बिमस्टेक सम्मेलनमा भाग लिनको लागि आज बैंकक पुगिसकेका छन् । प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा सहभागी हुन चैत्र १९ गते बैंकक पुगेका हुन् । उनी यही चैत्र २३ गते स्वदेश फर्किने बताईएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गत शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनालाई लिएर प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आन्दोलनमा सहभागी नभएका मान्छेलाई गोली हान्ने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री, गृहमन्त्री र गोली हान्ने प्रहरीलाई पक्राउ गर्नुपर्छ ।’ उनले सत्ता र शक्तिको आडमा सर्वसाधारणमाथि गोली चलाउन नपाइने पनि स्पष्ट पारेका छन् । उनले थप लेखेका छन्, ‘बाटोमा हिँडेका मान्छेलाई, घरबाट निस्केका मान्छेलाई…

Read More

काठमाण्डौं । राजावादीहरुको प्रदर्शनलाई तितरवितर गर्नेक्रममा प्रहरीले तीनकुने क्षेत्रमा साढे दुई सय राउन्ड गोली प्रहार गरेको स्वीकारेको छ । पदर्शन भएको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाएको स्पष्ट पारेको हो । सो क्रममा व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर १८ पुरुष र दुई महिला घाईते भएको उनले जानकारी दिए । प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थिति अनियन्त्रित…

Read More

काठमाडौँ । काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा चैत १५ गते ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/ १० लाख रुपैयाँ सहयोग दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु…

Read More

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा संलग्नता रहेको भनेर प्रहरीले पक्राउ गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमेर जबरासहित ४१ लाई दोस्रो पटक म्याद थप भएको छ । उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । म्याद थपको लागि उनीहरुलाई आज काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यही चैत १५ गते शुक्रबार काठमाडौँको तिनकुनेमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल नेतृत्वको टोलीले आज मन्त्रालयमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै गृहमन्त्री लेखकले अराजक, हिंस्रक एवम् सिद्धान्त बिनाको भिडले तिनकुनेमा वितण्डा मच्चाएको घटनाप्रति सरकार गम्भीर रहेको बताए । “तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने उद्देश्य थियो, लक्ष्य थियो ।” गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार सञ्चारगृह र सञ्चारकर्मीलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार…

Read More

काठमाडौँ । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ। भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। गुणस्तरीय…

Read More