Author: Transparentgroup

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी छ । सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । जेन(जी आन्दोलनका क्रममा जलाइएको ललितपुरको सानेपास्थित पार्टी मुख्यालय मर्मतपछि बैठक बसेको हो । सोही आन्दोलनका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित छैनन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकमा समसामयिक घटनाक्रम, जेन(जी आन्दोलन र सोपछिको परिस्थिति, फागुन २१ गतेको निर्वाचन लगायत विषयमा छलफल गर्ने एजेन्डा छ । बैठकमा सहभागी एक…

Read More

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधानविपरित संसद् विघटन गर्ने अधिकार कहाँबाट प्राप्त गर्यो भनेर प्रश्न गरेका छन् । आज ( बिहीबार)  एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् विघटन असंवैधानिक भएको दाबी गरेका छन् । उनले संविधान र संसद् कायम राखेर निकास खोज्नको लागि त्यतिवेलाका निर्णायक पक्षहरुको पनि सहमति रहेको खुलासा गरेका छन् । उनले भने,‘मसँग कुरा हुँदा संविधान कायम राख्ने, संसद् कायम राख्ने, संविधान र संसद्भित्रबाट निकास खोज्ने कुरामा सबैको सहमति थियो । तर, वार्ता सरकारले गर्न नपाउने, सरकारले राजीनामा गर्नुपर्ने रु वार्ता अरुले गर्नुपर्ने रु दुनियाँमा कहाँ…

Read More

दोलाखा । दोलाखाको बिगु गाउँपालिका(१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ । रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गएपछि अलपत्र परेका हुन् । उनीहरुलाई आज ( बिहीबार )  बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ( बीओपी ) लामाबगरबाट खटिएको सुरक्षा फौंज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौंतर्फ पठाएको हो…

Read More

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग अवलोकन गरेका छन् । बाढीपहिरोले क्षतविक्षत बनाएको सडक र त्यसको मर्मतका लागि भइरहेको कामको अनुगमन गर्न मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे गएका थिए। उनले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना चौकीडाँडाबाट कामको निरीक्षण गरेर फर्किएका हुन् । निरीक्षणको क्रममा उनले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्रता दिन भनेका थिए । उनलाई नमोबुद्धका मेयर कुन्साङ लामा र रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाढीपहिरोले बाटो भत्किँदा भोग्नुपरेको कठिनाइबारे जानकारी गराएका…

Read More

काठमाडौं। नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य कुवेतले भेट्टाउन सकेन। जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाए। त्यस्तै पाँचौं नम्बरका ब्याटर यासिन पटेलले १९ र तेस्रो नम्बरमा आएका मीत भाब्सारले ११ रन जोडे। यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप…

Read More

काठमाडौं। नेकपा ( एमाले ) का नेता महेशकुमार बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गृहमन्त्री अर्याललाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा गिरफ्तार गरिनुपर्ने बताएका हुन् । उनले गृहमन्त्री अर्याल देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकार रहेको दाबी गर्दै फेसबुकमा लेखेका छन्, ”राज्य बिरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार, गरिनु पर्दछ ” प्रहरी बाट लुटिएका हतियारहरु ९बन्दुक र गोली० कहाँ र को सँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित…

Read More

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बसेको नगरक्षेत्रको शान्तिसुरक्षा सम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ । यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय…

Read More

काठमाडौँ। निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयमा गइ मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै नाम दर्ता प्रयोजनका लागि सम्बन्धित वेबसाइटसहित जुनसुकै निर्वाचन कार्यालयमा गइ फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराएको हो। आयोगले काठमाडौँ उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँ, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गइ फोटो खिचाउन तथा बायोमेट्रिक दिन सकिने बताएको छ।

Read More

पोखरा । पोखराको चर्चित लिचिबोट बगैंचा हत्याउन घुस लेनदेन गर्ने दुई जना पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबोट बगैंचा जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले बुधबार विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलाई प्रतिवादी बनाएको छ । उक्त प्रकरणमा गुप्ताले बिचौलिया सुजन लामासँग घुस डिल गरेको र उक्त डिलमा रञ्जिताले मध्यस्थकर्ताको भूमिका खेलेको आयोगको दाबी छ । यही प्रकरणमा संलग्न भएको आरोपमा आयोगले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख…

Read More

काभ्रेपलाञ्चोक ।  असोजको अविरल वर्षाका कारण गत १८ र १९ रोशी खोलाको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनायो । केही स्थानमा पैदल समेत हिँड्न नसकिने गरी सडक बगायो । सडक बगेपछि दशैं मनाउन घर पुगेका यात्रुहरू गाडी चढेर यात्रा गर्ने कुरै भएन । तर, पैदल हिँडेर गन्तव्य स्थल पुग्न चाहनेका लागि समेत गोरेटो बाँकी रहेन । एक ठाउँबाट अर्को ठाउँमा पुग्न समेत भीरपाखा, खोला, खोल्सी खोस्रेर जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता आइपरेको छ । सिन्धुली लगायत पूर्वी नाकाबाट आउने सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गरी सञ्चालन ल्याइएको छ । तर, जहाँ रोशीले क्षतविक्षत बनाएको बीपी राजमार्ग क्षेत्रका स्थानीय भने पैदलै हिँड्न पनि कष्टकर…

Read More