Author: Transparentgroup
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताए । समितिमा गृहमन्त्रीले दिएको जवाफ राजावादीका अगुवाले भिडलाई उत्तेजित बनाएर निषेधित क्षेत्र तोड्ने संसद भवन नै तोडफोड गर्नका लागि उक्साए घरमाथि मानिस छ भनेर जानकारी हुदाँहुदैँ घरमा आगो लगाइयो । यो एकदमै उक्साहट गरेर भिडलाई अनियन्त्रित गरेर असहज वातावरण बनाउने योजना थियो । आगजानी नियन्त्रण लिन हर प्रयास भयो । तर, प्रहरीले सकेन । दमकल पनि बोलाइएको थियो, आगो…
काठमाण्डौं । दक्षिण कोरियामा सुरक्षा आपतकाल जारी भएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सू ले सुरक्षा आपतकाल आदेश जारी गरेका हुन्। शुक्रबार संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलविरूद्धको महाभियोग सदर गरेपछि कार्यवाहक राष्ट्रपति हानले सुरक्षा आपतकाल आदेश जारी गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति यनविरूद्धको महाभियोगबारे संवैधानिक अदालतले शुक्रबार सुनुवाइ गर्ने भएपछि युनका पक्ष र विपक्षीहरू अदालत परिसरमा जम्मा भएका थिए। संवैधानिक अदालतका आठै जना न्यायाधीशहरूले युन विरूद्धको महाभियोग सदर गरेको फैसला सार्वजनिक भएपछि परिस्थिति केही असामान्य बनेको थियो। युनका समर्थकहरूले अदालतको आदेश स्वीकार्य नभएको भन्दै प्रदर्शन गरेका थिए। त्यहीँ अदालतको आदेश लोकतन्त्रको पक्षमा आएको भन्दै युनका विरोधीहरूले…
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् ।सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ( प्रतिनिधिमण्डलका नेता ) हरुले सम्बोधन गर्नुहुनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज ( शुक्रबार ) धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स ( एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ । बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ । वातावरण…
रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा भएको पेशी हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रवारका लागि हेर्दाहेर्दैमा राखिएको हो । रुपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको छ भने छविलाल पुर्पक्षका लागि थुनामा पठाएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।…
काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो । प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने रु र असर कम गर्ने विषयमा छलफल गर्नुभएको थियो । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च…
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । उहाँसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ( प्रतिनिधिमण्डलका नेता ) हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ बमोजिम ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। जसअनुसार चीनका लागि नेपाली राजदूत प्राडा कृष्णप्रसाद ओलीलाई मंगोलियाका लागि र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि तथा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई लेबनानका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको दावी गरेका छन्। बिहीवार मधेसकेन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले यस्तो दावी गरेका हुन्। उनले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरे। उनले सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्दा लुटतन्त्र र बिचौलियाको बिगबिगी रहेको बताए। सरकारकै असफलताका कारण प्रतिगमनकारी शक्तिहरू व्यवस्था ढाल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ। यादवले भने, ‘सरकार गठन भएको आज झण्डै नौ महिना बिते पनि न सुशासन न भ्रष्टाचार नियन्त्रण न आर्थिक सुधार…
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै मितिमा खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो । समिति सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापनको कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न र भव्यताका साथ तोकिएकै मितिमा खेलकुद प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताए । प्रतियोगिता आगामी २०८२ जेठ ३…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क