Author: Transparentgroup
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ । चैते दसैँमा भने त्यो परम्परा धेरै…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो…
काठमाडौं । उच्च अदालत तुलसीपुरले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामै राख्ने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले पनि छविलाई थुनामै राख्ने आदेश दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन…
काठमाडौं। तीनकुनेको हिंसात्मक प्रदर्शनको निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रदर्शन गरेको छ । राप्रपा काठमाडौंको आयोजनामा भएको आजको प्रदर्शनमा वरिष्ठ नेताद्वय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनीलागतका नेताहरु सहभागी थिए । तीनकुनेको हिंसात्मक घटनामा जोडेर वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको भन्दै उनीहरुले आपत्ति जनाए । नेताद्वय मिश्र र राणालगायत झुठा मुद्दा लगाइएकालाई निशर्त र सम्मानपूर्वक रिहाइको उनीहरुले माग गरेका छन् । उनीहरुले ‘झुठा मुद्दा खारेज गर, निष्पक्ष न्यायिक आयोग गठन गर, राज्य आतङ्क बन्द गर, नागरिक स्वतन्त्रता कायम गर, सय राउन्ड गोली र डेट एक्सपायर अश्रु ग्यास हान्नेलाई…
रुपन्देही । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको हो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए । सुप्रिम सहकारीमा रवि, छवि र गितेन्द्रबाबु ९जीबी० राईसहित ४२ जनाको संलग्नतामा सहकारीको ५५ करोड बढी रकम अपचलन भएको र रवि, छवि र जीबीले मात्र…
बैंकक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी भएको प्रतिक्रिया जनाएका छन् । ओली–मोदीबीच आज ( शुक्रबार ) बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को छैटौँ शिखर सम्मेलनपछि साइडलाइन वार्ता भएको हो । मोदीले भारले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकतामा राखेको पनि बताएका छन् । भेटघाटको क्रममा भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको पनि भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत९नेपाल मित्रताका…
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारीका निर्देशक कुलमान घिसिङले देशको हित र समृद्धिका लागि आफू कुनै पनि जिम्मेवारी लिन तयार रहेको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब आफू कर्मचारी नरहेको र जिम्मेवार नागरिकको रुपमा देशको हित र समृद्धिका लागि काम गर्ने बताए । ‘राजानीतिमा आउन लागेको हो ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘म एउटा जिम्मेवार नागरिक, अब तयाईँहरुजस्तै नागरिक भएँ, म कर्मचारी रहिनँ अब । सञ्चारकर्मीसँग प्रश्नोत्तर गर्नुअघि घिसिङले एक लामो विज्ञप्ति पढेर सुनाएका थिए । उक्त विज्ञप्तिमा पनि उनले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन् ‘मेरो प्रतिबद्धता सधैं जनताको सेवा प्रति…
बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि उनीहरु बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भने हुन पाएको छैन ।…
काठमाण्डौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन्। उनले जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा संकट सिर्जना गरिरहेको बताए। थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताए। उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क