Author: Transparentgroup

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा  ) को जनयात्रा चितवनबाट सुरु भएको छ। आज शनिबार चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत जनयात्राको सुरु गरिएको हो। जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’नाम दिइएको भेलालाई उपसभापति डा।स्वर्णिम वाग्लेसहितले सामुहिक रुपमा घण्टी बजाउँदै सुरु गरे। देशमा व्याप्त भ्रष्टाचार, कुशासन, गलत नीति र विधिविरुद्धको लडाइँ सुरु भएको रास्वपाले जनाएको छ। आजको कार्यक्रम सभापति रवि लामिछानेले सुरु गर्ने भनिएको थियो। त्यसैले कार्यक्रम पनि उनकै निर्वाचन क्षेत्रमा राखिएको थियो। तर, लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरले जिल्ला अदालतको फैसला बदर गर्दै थुनामा पठाउने आदेश दिएसँगै उनी सहभागी हुन पाएनन्। पार्टीको घोषणाअनुसार चितवनबाट…

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादी नेकपा ( एस )  ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ । पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता भएको बताएका छन्। शनिबार स्वदेश फर्किएका उनले भ्रमणमार्फत नेपाल र थाइल्याण्डबीचको सम्बन्ध विस्तार, आर्थिक सहकार्य र निजी क्षेत्रको सहभागिता बढाउन सफलता मिलेको उल्लेख गरे। भ्रमणका क्रममा दुई देशबीच दुई र निजी क्षेत्रबीच छ वटा गरी कुल आठ सम्झौतामा हस्ताक्षर भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै भ्रमणको उपलब्धिबारे जानकारी दिए। उनका अनुसार, यो नेपालबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको उद्देश्य दुई देशबीचको मित्रता र सहकार्यलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक र…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि ?  भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने बताए। तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन हुँदैछ। न्यायिक छानबिन नभनौँ। न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ। तर छानबिन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन।…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। उनले शिक्षकहरू अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए।उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे। उनले सरकार शिक्षक विरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए। प्रधानमन्त्री ओलीले काठमाडौँमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह…

Read More

भैरहवा । काठमाडौंमा पक्राउ परेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले भैरहवा पुर्‍याएको छ । प्रहरीले लामिछानेलाई भर्खरै भैरहवा विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालय रुपन्देही लगेको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी आज बिहान यति एयरलाइन्सको विमानमा भैरहवा लगेको हो । शनिबार र आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । शनिबार र आइतबार सार्वजनिक बिदा परेको छ । त्यसैले पहिला अदालत पेस गर्नुपर्ने हुन्छ, त्यसपछि मात्रै कारागार पठाउने हो, त्यसैले रवि‘अब दुई दिन प्रहरी हिरासतमै…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गरेका हुन्। उनलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे। त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे। प्रधानमन्त्री ओली आज मध्याह्न १२.३० बजे स्वदेश आइपुग्ने तालिका रहेको छ। थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो। उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो। बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ। यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ।

Read More

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज मतदान हुँदैछ। बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ। यसपटक बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। तर मुलतस् बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मिश्र र श्रेष्ठ अलग(अलग प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैले न्यायालयको सुधारका लागि आ–आफ्नो प्रतिबद्धता अघि सारेका छन्। अध्यक्षका लागि स्वतन्त्र तीन जनाको उम्मेदवारी परेको छ । बारको अध्यक्षका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र…

Read More

काठमाडौं । गए राती घरवाटै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ ।शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ । उनलाई विमानबाट भैरहवा लिन लागिएको छ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी…

Read More