Author: Transparentgroup

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण शुक्रबार समाप्त हुँदैछ। नेपालका लागि यो खेलमा अर्को जित होइन, समूह ‘बी’ शीर्षस्थान सुरक्षित गर्ने निर्णायक लडाइँमा हुनेछ। ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ। यो खेलमा रोहितकुमार पौडेल नेतृत्वको नेपाली टोली आत्मविश्वासले भरिएको छ। पहिलो खेलमा कुवेतमाथि ५८ रनको सशक्त जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाइसकेको छ। तर, अब ध्यान समूह विजेताको रूपमा अघि बढ्नेमा केन्द्रित छ। नेपालका ओपनर कुशल भुर्तेलले ओमनविरुद्ध ६६ रनको इनिङ्स खेल्दै लय पक्रिएका छन्। बलिङमा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई–दुई विकेट लिएपछि टोलीको…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्दैछ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको छ । बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ । असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

Read More

सिन्धुपाल्चोक । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोपछि पूर्ण रुपमा अवरुद्ध भएको बिपी राजमार्ग शनिबार बिहानबाट सञ्चालनमा आउने भएको छ । क्षतिग्रस्त बिपी राजमार्गलाई शनिबारबाट सञ्चालनमा ल्याउनका लागि सडक डिभिजन भक्तपुर र सडक पुनर्निर्माणको ठेक्का पाएका निर्माणल व्यवसायीहरुले अस्थायी डाइभर्सन बनाउने कामलाई तीव्रता दिएका हुन् । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ( सिडिई )  सुमन योगेशले आज ( शुक्रबार )  दिउँसोसम्म अवरुद्ध भएको बिपी राजमार्गको सबै स्थानमा अस्थायी ट्रयाक निर्माणको काम सम्पन्न हुने बताउनुभयो । उहाँले अवरुद्ध राजमार्ग सुचारु गर्नका लागि अहिले राजमार्गअन्तर्गतको चार सय बेशी, गिम्दीबेशी, नार्के, चिउरीबास, चौकीडाँडा, बोक्सीकुना, माम्ती, मङ्गलटारमा काम…

Read More

काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी कार्यक्षेत्र भित्र नपर्ने बताएको छ । बिहीबार आयोगका प्रवक्ता विज्ञान राज शर्माले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । नेपाल सरकारले यस आयोगको अधिकार क्षेत्र र जिम्मेवारीहरूका सम्बन्धमा भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको…

Read More

काठमाडौँ । सरकारले भिजिट भिसामा देखिँदै आएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो। अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान लागिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। मन्त्रिपरिषद्ले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरेको हो । उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

Read More

असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । मन्त्रीपरिषद् बैठक सकिएसँगै प्रधानमन्त्री कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

Read More

काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । त्यसै गरी भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज भएको छ । सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार आज ९बिहीबार० बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा…

Read More

काठमाण्डौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा संगीता सिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसनुसन्धान आयोगले प्रा।डा भण्डारीसहित १३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। दाङ घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाले एमआरआइ मेसिन खरिदमा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। उनका अनुसार उपकुलपति भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी छन्। त्यस्तै, राप्ती प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानको शाखा अधिकृत छायाँ डिसी,…

Read More

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताहरूलाई पक्राउ गरी लागेका आरोपमा छानविन गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायतका अन्य सार्वजनिक नेतालाई तुरुन्त पक्राउ गर्न माग गरेका हुन् । उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ । विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने बताउँदै उनले छठपछि व्यवस्था परिबर्तन गर्न आन्दोलन हुने बताए । प्रसाईंले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी…

Read More