Author: Transparentgroup
काठमाडौं । काठमाडौं जिल्ला अदालतले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबार नेपाल प्रहरीले काठमाडौं ल्याएर अदालतमा पेस गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंको स्वास्थ्यलाई ध्यानमा राख्दै उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। अदालतले उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो…
काठमाण्डौं । प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ–कहाँ पुर्याउँछ ,कहिले हसाउँछ, कहिले रुवाउँछ, आँशु र हाँसोको संगम पनि गराउँछ।। दिपक खरेलको यो गित आज दुर्गा प्रसाईको जिवनमा साह्रै मेल खाएको छ । कहिले प्रचण्ड र केपी ओलीलाई मार्सी भात खुवाएर फाईदा लिने, कहिले बैकको ब्याज मिनाहाका लागि सयौ जनतालाई सडकमा उतार्ने प्रसाई आज भने एक्लै प्रहरीको भ्यानभित्र हतकडी सहित गुमनाम बने । गत चैत्र १५ गते राजधानीमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका जनकमाण्डर उनि आज भारतवाट पक्राउ परी काकडभिट्टा हुदै काठमाण्डौ ल्याईएका छन् । हिंसात्मक आन्दोलन भड्काएर प्रहरीको घेरा तोडी भाग्न सफल भएका प्रसाईलाई १३ दिनपछि भारतको आसाममा पक्राउ परेका…
काठमाण्डौं । चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका पत्रकार सुरेश रजकको हत्याबारे निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै नेपाल पत्रकार महासंघले मानवअधिकार आयोगको ध्यानाकर्षण गरेको छ। महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको टोलीले शुक्रवार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाउँदै छानबिनका लागि ध्यानाकर्षण गराएको हो। ज्ञापन पत्र बुझाउँदा महासंघका महासचिव रामप्रसाद दाहालले उक्त ज्ञापन पत्रमा हिंसात्मक घटनामा पत्रकार रजकलाई ज्युँदै जलाएर हत्या गरेको पाइएको बताउँदै निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको बताए। घटनाका दोषीमाथि कारबाही सुनिश्चित गरिदिन पनि आयोगसँग दाहालले आग्रह गरे। महासंघका उपाध्यक्ष बागचन्दले तीनकुनेको हिंसात्मक घटनाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएकोबारे पनि सत्य तथ्य…
काठमाडौं । भारतको आसाममा पक्राउ परी शुक्रवार बिहान मात्रै झापाको काकडभिट्टा ल्याई पुर्याइएका मेडीकल ब्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएर व्यवसायी प्रसाईलाई बुद्ध एअरको बिमानमार्फत काठमाण्डौ ल्याईएको हो । प्रसाईलाई बिमान चढाउन्जेलसम्म उनको हातमा हतकडी लगाईएको थियो भने बिमानमा बसाल्दा भने हतकडी खोलिएको थियो । काठमाण्डौ उतारीएका उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ । अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । तीनकुनेमा गत १५ गते अराजकता मच्चाउने समूहका जनकमाण्डर प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने…
काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा सार्वजनिक संस्थानहरु जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल ईन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रा।ली। सञ्चालनमा आउन नसक्ने हो भने खारेज गरी तिनीहरुको नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई व्यवस्थापन गर्ने सुझाव दिएको छ । ती संस्थानहरुको अचल सम्पत्तिहरु अन्य उत्पादनशील प्रयोगमा ल्याउनुपर्ने पनि आयोगको सुझाव छ । यस्तै, सार्वजनिक संस्थानहरु सबैको लेखा परीक्षण समयमा सम्पन्न गरी सार्वजनिक गर्नुपर्ने पनि आयोगको सुझाव छ । हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट…
काठमाण्डौं । नेपाली बजारमा आज ९शुक्रबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। बिहीबार प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढी हो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच…
काठमाण्डौं । गत चैत्र १५ गते तिनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि फरार रहेका राजावादीले गरेको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईं अन्तत पक्राउ परेका छन् । उनलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाहुदै नेपाल ल्याइएको हो । प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल हुदै काठमाण्डा ै ल्याईदैछ । भारतमा पक्राउ परेको समाचार मिडियामा लिक भएपछि प्रहरीलाई अप्ठेरो परेको हो । नेपाल(भारतबीच सुपुर्दगी सन्धि नभएकाले कानूनतः एक अर्को देशका नागरिकलाई पक्राउ र हस्तान्तरण गर्न मिल्दैन । यद्यपि आपसी समन्वयमा अनौपचारिक तवरबाट यस्तो कार्य हुँदै आएको छ । दुर्गा प्रसाईँलाई पक्राउ गर्दा पनि दुवै देशका प्रहरीले अनौपचारिक तवरबाट समन्वय गरेका हुन्…
काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई काँकडभिट्टा नाकाबाट झापा ल्याइएको हो । उनलाई मेची पुल क्षेत्रबाट विशेष सुरक्षा व्यवस्थासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । प्रसाईंलाई शुक्रबार नै विमानमार्फत झापाबाट काठमाडौं ल्याइने तयारी गरिएको छ । प्रसाईँलाई आजै ११ः३० बजे बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइँदै छ । उनीसँगै उनका बडीगार्ड दिपक खड्का पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बताए । उनलाई पनि काठमाडौं ल्याउने तयारी छ । पक्राउको नेतृत्व नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।…
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह आयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे…
काठमाण्डौं । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) तर्फबाट निर्वाचित बोहराको यही चैत १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् । ‘नेपालको संविधानको धारा ८९ को खण्ड ( च ) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त हुन आएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क