Author: Transparentgroup

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक प्रदर्शनमा नलागेर सरकारको प्रदर्शनमा ख्याल राख्न आग्रह गरेका छन्। शनिवार कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। बाँकेबाट महामन्त्री शर्माले यस्तो सुझाव दिइरहेका बेला प्रधानमन्त्री ओली झापाको दमकमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै थिए। राजनैतिक दलहरूले सडकमा प्रदर्शन गर्ने र प्रदर्शनमार्फत आफ्ना एजेन्डाउपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा बिलकुलै स्वाभाविक रहेको शर्माले बताए। ‘केहीअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्शन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रूपले प्रस्तुत यी प्रदर्शन अत्यन्तै…

Read More

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको बताएका छन् । आज ९शनिबार० पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान छेडिरहेको अवस्थामा जाली फटाहाहरुले वर्तमान सरकार बनाइदिएकाले जनतामा आक्रोश र असन्तुष्टि चुलिएको बताएका हुन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा असाधारण रेकर्ड बनेको बताए । छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र नेपालीको हित प्रस्तुत गर्ने सन्दर्भमा पनि आफ्नो तेस्रो प्रधानमन्त्रित्व कार्यकाल सफल रहेको उनले बताए ।…

Read More

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको छ । बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई त्यस्तो सर्कुलर गरेको हो । प्रधान कार्यालयबाट जारी सर्कुलरमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’ प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले हस्ताक्षर गरेको सर्कुलर अनुसार आन्दोलन लगायतका परिस्थितिलाई मध्यनजर राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि नै राजीनामाको लहर चलेको अधिकृतहरू बताउँछन् ।…

Read More

काठमाण्डौं । शिक्षा ऐन लागू गर्ने लगायतका मागहरु राखेर काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरूले शनिवार पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले शनिबार भने बबरमहल क्षेत्रको सडकमै बसेर प्रदर्शन गरेका छन् । बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन केही समय प्रभावित भएको थियो । शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले निरुनतर आन्दोलन गरीरहेका छन् । महासंघले आन्दोलन र वार्ता सँगसँगै अघि बढाएकोछ । यसैबिच आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयकाबिचमा बार्ता पनि चली नै रहेको छ । बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बिपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदमासी भइरहेको भन्दै यस्तो अवस्थामा स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूलो बदमानी भइरहेको छ, यस्तो हुनु हुदैँन । बिपि कोइरालाजस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी…

Read More

काठमाडौं । हङकङमा जारी चार देशीय टी– २० सिरिजअन्तर्गत घरेलु टोलीसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्‍यो । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलमा दौडबाट बाहिरियो । उपाधिका लागि आइतबार नेपाल र कुवेत खेल्नेछन् । हङकङ र कतारले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Read More

काठमाडौं। चारदेशीय टी –२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ। मिसन रोड मैदानमा खेल ११स्१५ बजे सुरु हुँदैछ। जारी प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलनजिक पुगिसकेको छ। नेपालले यसअघि कतारलाई आठ र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल लगातार तेस्रो जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ। यो खेल हारेको खण्डमा नेपालले कतार र कुवेतविरुद्धको नतिजा कुर्नुपर्नेछ। एक खेलमा हार बेहोरेको हङकङलाई भने नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा हङकङले कुवेतसँग चार विकेटको हार बेहोरेको थियो। तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै हङकङले प्रतियोगितामा पुनरागमन गरेको छ। तर, कुवेतको पनि समान दुई अंक…

Read More

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँदैछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना गरेको बताए । “यो बजारले कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौंँ”, उनले भने, “रात्रिबजारमा वीरगञ्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि अनुरोध गर्दछु ।” यसअघि पनि महानगरले रात्रिबजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका…

Read More

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । संस्कृत व्याकरणअनुसार ‘हनु’…

Read More

काठमाण्डौं । म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता भएको छ । १२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिमसहित कुल १६ सदस्यीय टोली आज स्वदेश फिर्ता भएको हो । उक्त टोली यही चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको थियो । नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित खटिएको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचार गरेको थियो । उपचारका क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको सैनिक…

Read More