Author: Transparentgroup

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक नभएको बताएका छन् । महामन्त्री शर्माले सरकारप्रति सात बुँदे असन्तुष्टि व्यक्ति गर्दै कार्यशैली बदल्नुपर्ने बताएका छन् । एक महामन्त्री गगन थापाले प्रधानमन्त्री र सरकारको काम कारवाहीको आचलोचना गरीरहेका बेला अर्का महामन्त्री बिश्वप्रकाश शर्मा भने प्रधानमन्त्री ओलीको आलोचनामा उत्रीएका छन् । महामन्त्री शर्माले सरकारले सामाजिक सञ्जाल विधेयक नियमनको नाममा नियन्त्रणको नियतका साथ ल्याइएको, सरकार सञ्चालनसम्बन्धि दुई दलीय संयन्त्रमा अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएकोमा सामाजिक सञ्जाल विधेयकमा कुनै संवाद नगरिएको बताएका छन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ( एमडी ) बाट कुलमान घिसिङलाई हटाएको विषयमा उनले असन्तुष्टि…

Read More

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो ९मंगलबार० साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए । राष्ट्रपतिले आह्वान गरेको यो बजेट अधिवेशन हो ।

Read More

काठमाण्डौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस ३ हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका– उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो । बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच लामो कुराकानी भएको थियो । गभर्नर नियुक्ति, महत्वपूर्ण निकायमा बढुवा, शिक्षक लगायतको आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबीच कुराकानी भएको बताइन्छ । ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरिरहेका छन् । विपक्षी…

Read More

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ ।यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली,…

Read More

काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ र नेपाल भिड्दैछन्। तल्लो मूलपानीमा यो खेल बिहान ९स्३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो। दोस्रो खेलमा भने ओमानलाई आठ विकेटले हराउँदै चार अंक पुर्‍याउन सफल भयो। अब नेपालको लक्ष्य लगातार तेस्रो जित निकाल्नेमा हुनेछ। यता, एक खेल खेलेको हङकङ भने जितविहीन छ। पहिलो खेलमै अफगानिस्तानसँ हङकङले आठ विकेटको हार बेहोरेको थियो। ३६।२ ओभर खेले पनि हङकङले ७० रन कटाउन सकेको थिएन। ७१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाउँदै…

Read More

काठमाण्डौं । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द भएका हुन् । सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । हड्तालको समर्थनमा विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका…

Read More

वीरगञ्ज ( पर्सा )  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो । यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।

Read More

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् । सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो । अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–ुदेश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको…

Read More

काठमाडौँ । सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारले निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गरेर सरकारको तर्फबाट उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा त्यसका लागि वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको हो । बैठकले नेपाल शिक्षक महासङ्घले उठाएका मागको यथोचित सम्बोधन गर्न संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको भन्दै यथोचित मागको सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । उहाँका…

Read More