Author: Transparentgroup

काठमाण्डौं। नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो। यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ। पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो। यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रति कारोबार रकम १० हजार र प्रतिदिन रकम…

Read More

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलनमा १९ युवाहरूको गोली लागेर निधन भएपछि त्यही दिन लेखकले राजीनामा दिएका थिए । त्यसको केही दिनपछि उनी मातृशोकमा परे । १३ दिनको किरिया सकाएपछि लेखक आज सार्वजनिक भएका हुन् । उनले बरखी बारेकाले सेतो वस्त्र लगाएका थिए । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् । ‘दुःखद घटना भएपछि भदौ २३…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले सरकार र विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग निर्वाचनबारे छलफल गरिरहेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भइरहेको छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र…

Read More

काठमाण्डौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले अहिलेको सरकार बन्दा संविधान मिचिएको कुरामा आफ्नो असहमती भएपनि निर्वाचन गर्ने कुरामा सहमती रहेको बताएका छन्। शुक्रबार सम्पादकहरूलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्। ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ। त्यसमा हाम्रो असहमति पनि छ,’ दाहालले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचन तिरै लाग्नुपर्ने हुन्छ।’ नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधनरपरिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि…

Read More

काठमाण्डौं । नेकपा एमालेनिकटको युवा संघले शनिबार र्‍याली गर्ने तयारीबीच प्रशासनले र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ । राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि भन्दै मोटरसाइकल र्‍याली आयोजना गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै शनिबारका दिन फरक फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरुमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट्याएका छन् । ‘गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र…

Read More

काठमाडौं। नागरिक समाजका अगुवा डा।सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको मुद्दा छाडेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जेन–जीहरुले प्रधानमन्त्री कार्कीलाई तत्काल घेरेर ‘गेटआउट’ भन्न सक्नुपर्ने बताए । प्रधानमन्त्री कार्की जेन–जीहरुको एजेण्डामा नै नरहेको चुनाव गराउनेतर्फ लागेको उनले बताए । जे्न–जीहरुको मुख्य माग नै शासकीय स्वरुपमा परिवर्तन रहेको भन्दै उनले चुनावभन्दा अरु केही पनि गराउन सक्दिनँ भन्ने प्रधानमन्त्री कार्कीलाई पदमा बसिराख्ने छुट नरहेको बताए । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको नाममा १७ हजार मान्छे मारेर जनतालाई धोका दिएजस्तैगरी जेन–जी आन्दोलनमा पनि धोका भएको उनको…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । केन्द्रीय बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई बढाएर २५ किलो पुर्‍याएको हो । अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्नेछन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण गर्छन्। बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ। साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो । दिपावली…

Read More

काठमाडौं । भक्तपुरको गुण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ । यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ । जेनजी प्रदर्शनपछि दलहरूमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस चर्किँदै गएको…

Read More

काठमाडौं । विदेशमा रहेका मतदातालाई पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा सहभागी गराउन जेनजी अभियान्ताहरुले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निवेदनमा २०७२ साल चैत ७ गते सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार विदेशमा रहेका नागरिकहरुलाई आउँदो निर्वाचनमा सहभागी हुने वातावरण मिलाउन अनुरोध गरिएको छ । २०७४ सालमा सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन आदेश जारी गरेको थियो । तर, अहिलेसम्म उक्त आदेश कार्यन्वयन भएको छैन । निवेदनमा भनिएको छ, ‘विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन २०७४ सालमा जारी भएको सर्वोच्च अदालतको आदेश ८ बर्ष सम्म पनि कार्यान्वय गरेन । जनतालाई अधिकार दिने र जनताको अधिकार खोस्ने यिनै…

Read More

काठमाण्डौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‍पुष्पकमल दाहाल ( प्रचण्ड ) को सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गराएको छ। बिहीबार भएको निर्णय अनुसार दुई जना पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिले तोकेभन्दा बढी खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिने भएको हो। गृह मन्त्रालयको उच्च स्रोतका अनुसार माओवादी केन्द्र अध्यक्ष प्रचण्डका ३४ जना सुरक्षाकर्मीहरू फिर्ता गराइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता गरिएका हुन्। कार्यविधिले पूर्वप्रधानमन्त्रीको सुरक्षामा खट्ने सुरक्षाकर्मीको संख्या तोकेको छ। अन्य पूर्वप्रधानमन्त्री तथा नेताहरूका पनि कार्यविधिले तोकेभन्दा बढी भएका सुरक्षाकर्मी फिर्ता गर्ने गृहको तयारी छ।

Read More