Author: Transparentgroup

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ। प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् । आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् । पार्टीभित्रको आन्तरिक समिकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।सुमनाले यसअघि नै राजीनामा दिएको भएपनि आज दिउँसो बस्ने केन्द्रीय समिति बैठक त्यसबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनको आयुलाई लिएर बाहिर आइरहेका टिप्पणीको खारेज गरेका छन् । सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको प्रष्टीकरण दिए । ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं ।’ गभर्नरबारे सिफारिसबारे समितिले प्रक्रिया अघि बढेर छिट्टै टुंग्याउने उनले जानकारी दिए । शिक्षकको आन्दोलनबारे लेखकले आउने अधिवेशनबाट शिक्षा विधेयक टुंग्याइने दाबी गरे । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा सार्वजनिक रुपमा मतभेद देखिन थालेपछि लामो समयको अन्तरालमा प्रधानमन्त्री ओलीले दुई दलीय संयन्त्रको बैठक बोलाएका हुन् । ‘यो अधिवेशन त्यो…

Read More

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताएका छन् । मन्त्रालयमा बुधबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताए । मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिए । शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भने । मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति नेपाल सरकार संवेदनशील…

Read More

काठमाडौं । प्रहरी टोलीले विभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा छापा मार्दा ठूलो परिणाममा अवैध सुन चादीसहित ९ जनालाई पक्राउ गरेको छ । सुनचाँदीको अबैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले जोरपाटी, चावहिल, कपनलगायतका क्षेत्रमा सञ्चालित सुन रिफाईनिङ सेन्टरमा छापा मारेको थियो । भारत महारष्ट्र घर भएका नबनाथ बाकु कसीद, सन्दिप पोपट हजारे, अन्सार दिलावर सिकल्गार, सुरज राजेश मदने,अरमान हनिफ ईनामदाय, मनोज सुभाष सकट, अमोल कुमार गोस्ले, सुनिल मिटकरी र सुरज नन्दीवालीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १ करोड ७० लाख १० हजार ६० रुपैयाँ बराबरको सुन, ३० लाख ९ हजार ९१ रुपैयाँ बराबरको चाँदी, नेपाली रुपैयाँ ८ लाख…

Read More

काठमाडौँ। ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै १३ दिनदेखि मुलुकका विभिन्न स्थनका शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले गत चैत २० गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकलाई यथाशीघ्र ल्याउन छलफलसहित आवश्यक तयारी भइरहेको समितिकी सदस्य दीपा शर्माले जानकारी दिइन् । उनका अनुसार विधेयकमा शिक्षकका मागलाई सम्बोधन हुनेगरी सहमतिको विषयलाई छिटो टुङ्ग्याउन उपसमिति गठन भएर काम भइरहेको छ । “शिक्षकका मागलाई सम्बोधन हुनेगरी उपसमितिले काम गरिरहेको छ”, शर्माले भनिन्, “संसद्को आगामी अधिवेशनमा…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा शास्त्र संकायका डीन डा। मोहन शर्मा, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शास्त्र संकायका डीन डा। मनोज हुमागाईँ, विज्ञहरु डा। भगवान कोइराला, डा। रमेशकान्त अधिकारी,…

Read More

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट सामुहिक राजीनामा दिएका छन्। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा बुझाएका हुन् । विधान बमोजिम कुनै कार्य नगरेको भन्दै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । पटक(पटक हामीले व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तवरमा संगठनको क्रियाकलापहरुलाई सञ्चालन गरौं र हामीले दिएको अवधिभित्रमा नै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेको छौं’ राजीनामा पत्रमा भनिएको छ, ‘यी तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको…

Read More

काठमाडौं। नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले पाहुना टोली हङकङमाथि ९ विकेटको जित निकालेको हो। जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पराजित हङकङ भने अझै जितविहीन छ। हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो। नेपालका साहिल पटेलले सर्वाधिक ४२ रन बनाए। अविजित रहेका उनले ४१ बलमा आठ चौका प्रहार गरे। अर्का ओपनर नीरजकुमार यादवले २३ रनको योगदान दिँदा कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे। उनले २३ बलमा आठ चौका प्रहार गरे। हङकङका स्यान पुरीले एक विकेट लिए। त्यसअघि तल्लो मुलपानी…

Read More

काठमाण्डौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक १४ बर्षिया नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमाथि अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई मधेशको प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार ( भोलि ) दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थली चस्मतिमा बस्नेगरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्। बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। प्रवक्ता मनीष झाका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङलगायतका विषयमा पनि छलफल हुनेछ। सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ।

Read More