Author: Transparentgroup
काठमाडौँ । प्रमुख तीन दलको शीर्ष नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकढिक्का भएर उभिने प्रतिबद्धता जनाएका छन्।बिगत ९ महिनादेखि पानी बाराबार र एकले अर्कोलाई खुईल्याउने अभियानमा जुटेका नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शिर्ष तिन नेता शनिवार साँझ भने एउटै छलफलमा जुटेका थिए । राजावादीहरुको आन्दोलनले गणतन्त्र नै खतरामा परेको महशुष गरी तिन शिर्ष नेता एक ठाउँमा भेला भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा राप्रपाले आइतबार गर्ने भनिएको प्रदर्शनका बारेमा छलफल गरेका थिए । राप्रपाले निषेधाज्ञ तोड्ने…
काठमाडौं । आजबाटराजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सशक्त आन्दोलनमा होमिएको छ । आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको हुँदा सरकारी संयन्त्र तथा सुरक्षा निकायहरु सचेत छन् । यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन सकेन । आजबाट हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ । सरकारी पक्षले भने अहिलेसम्म आन्दोलन राजनीतिक आँखाबाट समेत हेर्न चाहेको छैन । अस्ति बिहीबार बसेको राप्रपाको वैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बोल्ड निर्णय लिएपछि भने सरकार अलिकति झस्किएको देखिन्छ । जनमानसमा पनि चैत १५ गतेको…
काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलन अन्तरगत आज शिक्षकहरुले अहिले बिहान ९ बजेदेखि नै प्रदर्शन गर्ने भएका छन् । सरकार र महासंघबीच २०७५, २०७८ र २०८० सालमा भएको सहमति, सम्झौता अनुसार तत्काल अग्रगामी शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा उत्रिएका शिक्षकहरुले राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन गर्न लागेका हुन् । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ । अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध…
काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने भएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले देशका ७७ जिल्लामा समितिहरू निर्माण गर्ने तयारी सुरु भएको जानकारी दिएको छ । निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक आह्वान गर्दछौँ, कार्यवाहक संयोजक डा जगमान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् । राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो । गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो । आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो…
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सञ्चालन गर्ने समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । शिक्षक आन्दोलन लम्बिँदै जाँदा परीक्षा हुनेरनहुने आंशका बढ्दै गरेको बेला बोर्डले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने दाबीसहित शुक्रबार विज्ञप्ति जारी गरेको हो । परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्नसमेत बोर्डले आग्रह गरेको छ । ‘वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामण सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर…
भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ । गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए ।उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने दोहोर्याएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् । सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आवह्रान गरेको थियो । सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केहि दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । उनले सामाजिक सञ्जाल…
कपिलवस्तु । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार आफ्नै बोझ धान्न नसकेर ढल्ने दाबी गरेका छन् । पछिल्लो समय सरकार ढल्ने दाबी गरिरहेका दाहालले आज कपिलवस्तुका बहादुरगञ्जमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो दाबी दोहोर्याएका हुन् । सो क्रममा उनले अहिलेको सरकार भ्रष्टाचारमा डुबेकोपनि गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकार भ्रष्टाचारमा डुबेको छ । अहिले सरकारकै मन्त्रीहरू असन्तुष्ट भएका छन् । सरकारले आफ्नो बोझ आफैं सम्हाल्न नसक्ने अवस्थामा पुगेको छ ।’ उनले अहिलेको सरकारलाई बिचौलियाले चलाइराखेको पनि आरोप लगाए ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् । यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले सो अवसरमा बताएकी थिइन् । पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क