Author: Transparentgroup
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।” उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६…
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितीमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाईन विस्तारमा महत्वपूर्ण सम्झौता भएको छ । उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज नेपाल आउनुभएका भारतीय विद्युतमन्त्री खट्टर र उर्जामन्त्री खड्काको उपस्थितीमा दुई देशबीच उर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण सम्झौता भएको हो । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त…
काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड निकाल्नेतर्फ चासो नदिएको नतिजा सरकारले व्यहोर्न थालेको छ। शिक्षकका समस्या समाधानका लागि सोमबार मात्रै राजीनामा दिएकी शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको सात बुँदे प्रस्ताव अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा पछि हट्न बाध्य भएका हुन् । भट्टराईको राजीनामापछि शिक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका ओलीकै निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबार बिहान बिहीबारदेखि निजामती कर्मचारी खटाएर कक्षा १२ को जाँच गराउने निर्णय गरेका थिए । तर उक्त निर्णयलाई लिएर आन्दोलित शिक्षक महासंघले मंगलबार दिउँसो वक्तव्य जारी गर्दै देशभरका शिक्षक कर्मचारीलाई परीक्षामा कुनै हालतमा सहभागी नहुन…
काठमाडौं । कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’ मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए । यसअघि परीक्षा बोर्डले…
काठमाण्डौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो । सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ । विभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस बिषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड ० ले शिक्षकहरुको समस्या समाधान गर्नुको सट्टा प्रधानमन्त्री शिक्षकलाई गाली गर्ने, अपमानीत गर्ने र हप्काउनेबाहेक केही नगरेको बताए । उनले भने, ‘लाखौं शिक्षक र विद्यालयहरु अहिले संकटमा छ । शिक्षकहरुको माग सम्बोधन गर्नु त कता हो कता प्रधानमन्त्री उनीहरुलाई नै अपमानीत गर्नमा लागिरहेका छन् ।’ उनले सरकारले शिक्षकहरुको मागलाई हल्का रुपमा नलिन चेतावनी समेत दिए। उनले यो सरकार आफ्नै बोझा थाम्न नसकेर सिद्धिने दाबी गरे । उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक ण्पटक आन्दोलन गर्नुभएको छ । पटक पटक सम्झौता गर्नुभएको छ र…
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरुप बदलिएकाले यसको महत्व झनै बढेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उनले भने, “हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान् बनेको बिर्सन सकिँदैन ।” अहिलेको युग डिजिटल प्रविधि र सूचनाको युग भएकाले मुख्यमन्त्री कँडेलले मान्छेको हातमा कुरा गर्न मिल्ने मोबाइल मात्रै नभएर सिङ्गो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा रहेको बताए । कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरुमा कर्णालीमा ‘डिजिटाइजेसन’का चुनौतीहरुबारे…
काठमाडौँ, ९ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गरे । अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए । ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । “अरुण तेस्रो…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा रहेको अवस्थामा बोर्डले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारी सहभागी नहुने अवस्थामा बोर्डले कसरी परीक्षा गराउँछ भन्ने धेरैको चासोको विषय पनि बनेको छ । बोर्डले निजामति कर्मचारी र सुरक्षा निकायको सहयोगमा भएपनि परीक्षा नरोक्ने नीति लिइसकेको छ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयका ५५ लाख विद्यार्थीहरुको पढ्न पाएका छैनन् । यसैबीच रिपोर्टर्स क्लब नेपालले शिक्षासँग सरोकार राख्ने निकायहरुसँग अन्तरक्रिया गरेको छ । क्लबका सभापति ऋषि धमलाले विद्यार्थीहरु परीक्षा दिन…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै भने, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।” प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड बैँकक गएको सन्दर्भलाई पनि सरकार…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क