Author: Transparentgroup

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी )  ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो । २०७९ पुस १० गते गते Fly Dubai को एफजेट ०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन…

Read More

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २०…

Read More

काठमाडौं । भदौ २३ र भदौ २४ को घट्नासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा भएको क्षति विवरण बुझाउनको लागि राजनीतिक दल, संघसंस्था र व्यक्तिहरुलाई आह्वान गरेको छ । असोज ९ गते नै आयोगले अनुसन्धान गरिरहेको छ । आज आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको विवरण र क्षतिको अनुमानित लागत बुझाउन आग्रह गरेका छन् । क्षति भएको सो सम्पत्तिको विाम भएको वा नभएको पनि खुलाउन भनिएको छ ।

Read More

इलाम । गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् । शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री आउँदा प्रदेश सरकारसँग समन्वय गरेका छैनन्, समन्वय नहुँदा प्रदेशको सहभागिता पनि भएको छैन । सडक नखुल्दा स्थानीयहरुले निकै सास्ती भोग्नु परेको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीले सम्वन्वय गरेर सडकमा यात्रा गर्ने यात्रुहरुलाई सहजीकरण गरीरहेका छन्…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हिजो ९शनिबार० अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार एक दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो । सेन्टरले हिजो नै विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएको थियो । राष्ट्रपति भवन शीतल निवासका जेन–जी प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनी आकस्मिक रुपमा विरामी परेका थिए ।

Read More

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् । बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला…

Read More

काठमाडौं। नेकपा ( एमाले )  को सचिवालय बैठक जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेको हो । गत शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक हिजो अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । आज बैठक टुङ्ग्याउने तयारी रहेको बताइएको छ । सचिवालय बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइने बताइएको छ । कूल १८ सदस्यीय सचिवालयमा गत शुक्रबार ९ जनाले आफ्नो धारणा राखेका थिए । आज बाँकी पदाधिकारी र सदस्यहरुले धारणा राख्ने र बैठक टुङ्ग्याइने पार्टी उपमहासचिव प्रदीय ज्ञवालीले बताए

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भोलि बिहान ९ बजे जेनजी प्रतिनिधिहरूसँग छलफल राखिएको छ । यो छलफलमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी हुनेछन् । सरकार प्रवक्ता जगदिश खरेलले जेनजीका प्रतिनिधिहरूसँगको छलफलमा सरकारको पनि सहभागिता रहने बताएका छन् । राष्ट्रपति पौडेलले आज दलका प्रतिनिधिहरू र प्रधानमन्त्री समेतलाई राखेर छलफल गरेका छन् । यो छलफलमा राष्ट्रपति पौडेलले दलहरूलाई चुनावमा केन्द्रीत हुन आग्रह गरेका छन् । आजको छलफलले दलहरू र सरकारबीचको संवादहीनतालाई पनि तोडेको छ ।

Read More

काठमाण्डौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंसलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, हामी नेपालका संस्थापक सुदन गुरुङसहित व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको जाहेरीमा बालेन र सुदनबाहेक विभिन्न कन्टेन्ट क्रियटर, कलाकार, पत्रकार र जेन–जी अभियन्तासम्मका नाम समावेश छन्। अनुप उप्रेती र राजन चेम्जोङ नामक व्यक्तिले प्रहरीमा किटानी जाहेरी दिएका हुन्। किटानी जाहेरी परेका अन्य व्यक्तिहरूमा पूर्व सांसद सुमना श्रेष्ठ, रास्वपा नेतृ ज्वाला संग्रौला, जेन–जी अभियन्ताहरू मिराज ढुंगाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, केपी खनाल, तनुजा पाण्डे, युजन राज भण्डारी, रामकुमार खड्का,…

Read More

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सुपर–६ मा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर–६ मा पुगेको हो । जापानले दिएको १३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे । बलिङमा जापानका शोमा स्लेटरले…

Read More