Author: Transparentgroup
काठमाण्डौं । प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ । संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए । बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको उनको भनाइ थियो । सोही अनुसारको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सहमति पनि बैठकमा भएको छ । बैठकमा सभामुख घिमिरेले भने, ुसंसदलाई…
भारत । भारतको जम्मू काश्मीरको पाहलगमस्थित बैसारान मेडोमा मंगलबार भएको आतङ्ककारी हमलामा ज्यान गुमाउने नेपालीको पहिचान भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जाल एक्समार्फत मृतक बुटवल उपमहानगरपालिका–११, कालिकानगर, रुपन्देहीका सुदीप न्यौपाने भएको जानकारी गराएकी छिन्। राणाका अनुसार हमलामा सुदीपकी आमा घाइते भएकी छन्। आमा–छोरा घुम्न पाहलगम पुगेका थिए। यो क्रूर र अमानवीय हमलाको जति निन्दा गरे पनि कम हुने पनि उनले बताइन्। उनले परराष्ट्र मन्त्रालय घटनाबारे थप जानकारी लिन भारत सरकारसँग सम्पर्कमा रहेको जानकारी दिएकी छिन्। मंगलबार भएको सो घटनामा एक नेपालीसहित २८ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यका अनुसार २६ भारतीय र २ विदेशीको ज्यान गएको छ।…
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । पछिल्लो समय देशभर तापक्रम बढिरहेको छ । विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो हावाको लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’ नेपालमा पछिल्लो समय तातो हावाको लहर ( हिट वेभ ) हुनसक्ने सम्भावना बढेर…
काठमाडौं । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । उनी बुधबार बिहान राजधानी नयाँ दिल्ली फर्किएका हुन् । प्रधानमन्त्री मोदी मङ्गलबार साउदी अरबको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । स्वदेश फर्किएलगत्तै उनले पहलगाममा आतङ्कवादी आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई नछोड्ने प्रतिबद्धता जनाएका छन् । ‘आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई छोडिने छैन,’ उनले भने । दिल्ली पुग्नेबित्तिकै मोदीले परिस्थितिको बारेमा जानकारी लिन आपतकालीन ब्रिफिङ बैठक गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग यस परिस्थितिबारे छलफल गरिएको छ । केन्द्रीय गृहमन्त्री अमित शाह पहिले नै…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन् । मंगलबार पर्यटकहरूमाथि भएको आतंकवादी हमलामा परेर २६ जनाको मृत्यु भएको थियो । राष्ट्रपति पौडेलले आतंकवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ । आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति मेरो हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’ यता, नेपाल सरकारले पनि आतंकवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले भारत सरकार र त्यहाँका जनताप्रति दृढ ऐक्यबद्धता प्रकट गरेको…
काठमाण्डौं । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय सत्तानब्बे भएको पाइएको छ। विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा दश प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ। नेपालका उच्च हिमाली क्षेत्रको तीस हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ। ‘स्नो लियोपार्ड ट्रष्ट’का अनुसार हाल विश्वको बीस लाख किलोमिटर क्षेत्रमा तीन हजार बीसदेखि पाँच हजार तीन सय नब्बे को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ। हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्बेकिस्तानलगायतका बाह्र वटा मुलुकमा पाइन्छन्।…
काठमाण्डौं । सडक आन्दोलन गरीरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो, प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्। संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत देशको विद्यमान समस्या समाधान हुन नसकेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले निकट भविष्यमा केही होला भन्ने ‘उज्यालो’ पनि नदेखिएको बताएका छन्। देश दिन प्रतिदिन शिथिल, जर्जर र कमजोर बन्दै गइरहेको छ। सर्वत्र बेथिति अब देशले धान्न सक्दैन। सत्ता,…
काठमाडौं । राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २२ दिनदेखि जारी शिक्षक आन्दोलनमा गाउँघरमा भएका साथीहरुलाई पनि आन्दोलनमा बोलाउन आह्वान गरेका छन् । आज एक सूचना जारी गर्दै गाउँघरमा भएका साथीहरुलाई पनि आन्दोलनमा बोलाउन आह्वान गरेका हुन् । राष्ट्रिय समितिको हिजोका बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको भन्दै सबैलाई आन्दोलनमा आउन आह्वान गरेको जानकारी दिए । आजबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको उनले बताए । उनले भनेका छन्,‘यतिका दिनसम्म यहाँहरुले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदा झैं अनुशासति, संयमित र मर्यादित भएर जुलुशमा सहभागी हुनुहोला । गाउँघरमा…
काठमाडौँ। जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । “नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् । यसैबिच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले…
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौँमा हुनुहुन्छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क