Author: Transparentgroup
दमौली। लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन्। त्यस अवसरमा व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै अन्य विकल्पको खाजी हुनुहुँदैन भने। लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएकाले यसको सुदृढीकरण अपरिहार्य भएको विचार व्यक्त गरे। शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए। बाल अधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम…
काठमाडौँ। अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसिसी ) कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी ( डिओजिइ ) ले यो निर्णय गरेको हो। एमसिसी सन् २००४ मा राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको थियो, जसको उद्देश्य विश्वव्यापी गरिबी घटाउने र आर्थिक विकास प्रवर्द्धन गर्ने थियो। हालसम्म एमसीसीले वार्षिक करिब ९०० मिलियन अमेरिकी डलरको बजेटमा विभिन्न विकास परियोजनाहरू सञ्चालन गर्दै आएको थियो। डिओजिइले एमसीसीका सबै कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ, यद्यपि मङ्गोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा जारी केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा जारी राखिनेछ। एमसीसीका…
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । साथै उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्। पार्टी संसदीय दलको आज भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । ‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको…
भारत । भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ। जम्मू(कश्मिरको पहलागाममा मंगलबार भएको आतंकवादी हमलापछि बुधबार बसेको केन्द्रीय सुरक्षा परिषद्को बैठकले दुई दिनको समय दिएर भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न भनेको हो। ४८ घन्टाको समयसिमा सार्क राष्ट्र विशेष भिसा ९एसभिइएस० उपयोग गरी भारत आएका पाकिस्तानीहरूलाई लागु हुनेछ। भारतले त्यस्ता भिसा जारी नगर्न र जारी भएकाहरू पनि रद्द हुने निर्णय गरेको छ। बैठकपछि निर्णय सुनाउँदै भारतीय विदेशमन्त्रालयका सचिव अजय मिस्रीले अब त्यस्ता भिसाबाट पाकिस्तानीहरूले भारत यात्रा गर्न नसक्ने व्यवस्था गरिएको बताएका छन्। र त्यस्ता भिसा प्राप्त पाकिस्तानीहरूलाई ४८ घन्टाभित्र भारत छाड्न भनिएको उनले बताएका छन्। अन्य…
काठमाडौं । प्रमुख प्रतिपषी दल नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ। सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ । बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ। साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हालै हटाइएका कुलमान घिसिङको पक्षमा वकालत गरेको र ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधिएको विषयमा तामाङसँग प्रधानमन्त्री ओली रुष्ट थिए । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउन सरकारले प्रक्रिया अघि बढाइरहँदा तामाङले फरक मत राख्दै आएका थिए । घिसिङकै विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग तामाङको तिक्तता बढेको थियो । खड्काले राज्यमन्त्रीलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक आग्रह समेत गर्दै आएका थिए । तर उनको आग्रहको सुनुवाई भने भएको थिएन । गत २८ चैतमा तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनी मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण…
बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ । मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । ‘आज ( बिहीबार ) बिहान सात बजे सुदिपको डेथ बडी बेलहिया नाका हुदै घरसम्म ल्याई पुर्याईएको छ । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए । त्यहाँ…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा शुक्रवारबाट सुरु हुने संसद अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ । यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ । रास्वपा सभापती पक्राउ परीसकेपछि संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो । सभापती लामिछानेको निलम्बित संसद पद फुकुवाका लागि सभामुखसँग भेटघाट गगरेको भोलीपल्टै सभाापती रबी लामिछाने पक्राउ परेका थिए । हाल उनि रुपन्देही कारागारमा रहेका छन् ।
काठमाण्डौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ। निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र…
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क [प्रोजेक्ट बैङ्क] मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट ( इन्ट्री ) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका सदश्य डा. प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताउनुभयो । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उहाँको भनाइ छ । “आयोजना…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क