Author: Transparentgroup
काठमाडौँ । आजबाट सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । आजको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउने छन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन…
काठमाडौँ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू । अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन् । विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न…
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएका छन्। बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच मन्त्रालयमा भएको वार्तामा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्। गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह ( आठौँ तह ) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। आवासीय चिकित्सकको समान सुविधा ( मासिक ४८ हजार सात सय रुपैयाँ ) कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो। तर…
सुर्खेत । बैसाख १० गते सुर्खेत जिल्ला सिम्ता गाउंपालिका( ४ भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ब्यक्तिको शब सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइ बाट निकालेको छ । ५८ बर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरि बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर सहितको सुरक्षाफौजले बैसाख ११ गते बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो । उनी बेपत्ता भएसंगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश चिप्ले सुर्खेत बाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो । सोहि गाउंपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रमामा बेपत्ता भएका थिए ।
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बर्खे अधिवेशन भोलि अर्थात बैशाख १२ गते शुक्रबारदेखि शुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ । नेपालको संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई…
काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र०ले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेससँग कुराकानी गर्ने भएको छ। नेकपा ( एमाले) नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै माओवादीले कांग्रेससँग सरकार गठनका लागि थप छलफल चलाउने भएको हो। बिहीबार बसेको संसदीय दलको बैठकले ओली नेतृत्वको वर्तमान सरकार अब धेरै दिनसम्म टिक्न नसक्ने निष्कर्ष निकालेको छ। बैठकमा आफ्नो धारणा राख्नै अध्यक्ष पुष्पकमल दाहालले उपचारका लागि थाइल्यान्ड गएका सभापति शेरबहादुर देउवा स्वदेश फर्के लगत्तै छलफल सुरु गर्ने बताएका हुन्। एमालेसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकाले कांग्रेस सभापति देउवालाई नै प्रधानमन्त्रीमा अघि सार्ने संकेत गर्दै अध्यक्ष दाहालले उक्त सरकारमा माओवादी सहभागी हुने नहुनेबारे भने केही…
काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहिबेर प्रहरी र आन्दोलनरत चिकित्सकबीच धकेलाधकेल समेत भएको थियो । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान…
काठमाण्डौं । काठमाण्डौको बसुन्धारामा टिप्परको ठक्कर बाट एक जनाको मृत्यु भएपछि अहिले अवस्था तनाबग्रस्थ बनेको छ । अहिले बसुन्धरामा प्रहरी चौकी अगाडी तनाव अवस्था सृजना भएको छ । प्रहरी र प्रदर्शनकारीहरुबिच झडपको अवस्था श्रृजना भएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी बढाईएको छ । मृतकका आफन्तहरुले टिप्पर चालकलाई नियन्त्रणमा लिएर कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । उनले सरकारका कामकारबाही सच्याएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । पछिल्लो समय सरकार सञ्चालनको विषयलाई लिएर कांग्रेसका प्रभावशाली नेताहरुले सार्वजनकि रुपमै आलोचना बढाएका छन् । हालै काठडमाडौंमा आयोजित एक कार्यक्रममा खड्काले सरकारको कार्यशैली सच्याउनुपर्ने आवश्यकत्ता औंल्याएका हुन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि अर्को तरिकाले अघि बढ्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति भने सशंकित बनेको छ । हाल देउवा उपचारको क्रममा थायल्याण्डमा छन् । देउवा फर्किएलगत्तै पार्टीको केन्द्रीय समितिको बैठकपनि राखिएको छ । गभर्नर नियुक्तीको…
काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि गएका थिए । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे । भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उनले विश्वास व्यक्त गरे । “धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क