Author: Transparentgroup
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् । थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए । सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले प्रश्नकर्ता पत्रकारलाई भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’ सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् ।उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी दिए । बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । ‘प्रधानमन्त्री संसद्मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’ संसद्को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो…
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सुचारु भएका हुन् । प्रतिनिधिसभा बैठकमा आज दलका नेताहरूले धारणा राख्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले धारणा राख्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । त्यस्तै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।६ दिने बैकक भ्रमणवाट फर्किएका देउवाले अहिले सत्ता समीकरणमा फेरबदल हुने कुनै सम्भावना नभएको बताएका छन् । उपचारका लागि गत बैशाख ७ गते सपरिवार बैकक गएका देउवा आज स्वदेश फर्किएका हुन् । देउवा नेपालमा नहुदाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा आए लगत्तै कुराकानी गरेर सरकार फेर्ने चेतावनी दिईरहेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज स्वदेश फर्किँदैछन्। वैशाख ७ गते थाइल्याण्ड उडेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा, छोरा जयवीर देउवा र बुहारी शिवाना आज स्वदेश फर्किन लागेका हुन्। देउवा उपचारका लागि थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग ( एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड पुगेकी हुन्। सरकार फेरबदलको चर्चाका बीच देउवा थाइल्याण्ड गएपछि नेपाली राजनीतिक तरंगीत बनेको छ। उनी उपचारमा गएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण नै दिएका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त देउवा थाइल्याण्डबाट फर्किएपछि उनै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्।…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन्। भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ। राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। सन्देशमा उनले ‘भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ। भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ। नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मिति भौतिक…
काठमाडौं । जम्मु कश्मीरमा नियन्त्रण रेखा ( एलओसी ) का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतीय पक्षले आरोप लगाएको छ । त्यसको जवाफ पनि भारतीय सेनाले फर्काएको भारतीय मिडियाहरुले जनाएका छन् । तर, त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतीय सेनालाई पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा तैनाथी बढाइएको छ । भारत नियन्त्रित जम्मु कश्मीरको पहलगाम भन्ने स्थानमा मंगलबार दिउँसो पर्यटकलाई लक्षित गरी आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । यो घटनापछि सीमा क्षेत्र वरपर सैनिक अप्रेसन जारी छ । सोही क्रममा पाकिस्तानी भूमिबाट पनि साना हतियारबाट गोलीबारी भएको भारतीय मिडिया हिन्दुस्तान टाइम्सले…
काठमाण्डौं । नेपाल चिकित्सक संघले आज ( वैशाख १२ गते ) देखि सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सबै सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको हो। यस्तै उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माइतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने कार्यक्रम रहेको पनि संघले जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँठाउँबाट धम्की आएको’…
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधनका लागि उचित र आवश्यक निर्णय गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले आदेश पाएको मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काइ नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न आदेश दिएको हो । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरू नभई सरकार र सरोकारवाला निकायहरूलाई शिक्षकको मागबारे उचित निर्णय लिन आदेश दिएको हो ।बालबालिकाहरू शिक्षाको हकबाट बञ्चित हुने देखिएको भन्दै सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘देशभरका बालबालिकालाई नियमत रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नूरनगराउनू ।’ सर्वोच्च अदालतले तोकिएको समयमा नै कक्षा १२ को परीक्षा गर्ने वातावरण…
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा ४.२ म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । २०८० कात्तिक १७ मा जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेका छन् । आज वैशाख १२ । २०७२ वैशाख १२ अर्थात् आजभन्दा ठीक १० वर्ष पहिले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क