Author: Transparentgroup

अछाम । अछामको साँफेबगरमा रहेको हाटबजारमा भीषण आगलागी भएको छ । शनिवार बिहान करिब ३ः३० बजे साँफेबगर नगरपालिका–३ स्थित हाटबजारबाट विद्युत् सर्ट भएर सुरु भएको आयो करिब ६ः०५ बजे नियन्त्रणमा आएको थियो । जिल्लामा दमकल नभएपछि आगो लागेको क्षेत्रमा रहेको एउटा पसल डोजरले भत्काएर आगो अरू घरमा सल्किन नदिएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विद्युत् सर्ट भएर सल्किएको आगो होटेलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको छ । स्थानीय…

Read More

झापा ।  काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते हुनुभएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । “म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भन्नुभयो, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा…

Read More

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज बार्ता हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग आज बिहान वार्ता गर्न लागिएको जानकारी दिएका हुन् । पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेकोसमेत उल्लेख गरेको छ । यसअघि शुक्रबार दिउँसो ३ः०० बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए । मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट…

Read More

लुम्बिनी। बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गर्नुभएको हो । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिभल लुम्बिनीमा आयोजना गरिएको छ । फेस्टिभल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिभलको समन्वय सारी पुत्र फाउन्डेसनले गरेको छ । नेपाल र चीनबिचको कला र संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिभल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एन्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन…

Read More

नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लॉ शुक्रबार नेपाल आइपुगेका छन्।उनी शनिबारदेखि (अप्रिल २६) औपचारिक रूपमा टिमको जिम्मेवारी सम्हाल्नेछन्, जब The Core Camp—चार टिमबीचको इन्ट्रा-स्क्वाड प्रतियोगिता—सुरु हुनेछ।यो क्याम्प जुन महिनामा हुने ICC Men’s Cricket World Cup League 2 का तयारीस्वरूप आयोजना गरिएको हो। स्टुअर्ट लॉ नेपाली राष्ट्रिय पुरुष टोलीको नेतृत्व गर्ने दोस्रो अष्ट्रेलियन प्रशिक्षक बन्न पुगेका छन्। उनी यसअघि डेभ व्हाटमोर पछि नेपाल आउन लागेका हुन्। नेपाल आउनु अघि उनले अमेरिका पुरुष राष्ट्रिय टिम को सफल नेतृत्व गरेका थिए। उनको प्रशिक्षणमा अमेरिका टिमले बंगलादेशविरुद्धको ऐतिहासिक T20I श्रृंखला जितेको थियो र ICC Men’s T20 World Cup 2024 मा…

Read More

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका मागहरू संविधान, कानुन र राष्ट्रिय बजेटको दायराभित्र रहेर सम्बोधन गरिने स्पष्ट पारेका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले सरकारले संवाद र सहमतिको माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्ने अडान दोहोर्‍याए। उनले शिक्षकहरूलाई वार्तामा सहभागी हुन आग्रह गर्दै, सरकार वार्ताका लागि सधैं तयार रहेको बताए। शिक्षामन्त्रीका अनुसार, वार्ताका लागि सरकारले पहिले नै पहल गरिसकेको छ र आफू पनि त्यसका लागि प्रतिबद्ध छन्। मन्त्री पन्तले वार्ता प्रक्रियामा लचकता देखाउँदै सबै पक्ष सकारात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

Read More

आज बि. सं. २०७२ को गोरखा भूकम्पबाट देशलाई भएको पिडाको स्मरणमा ललितपुर महानगरपालिका र काठमांडौको धरहरामा आयोजित स्मृति सभामा भूकम्पमा मृत्यु भएका सबैमा श्रध्दान्जली व्यक्त गरियो। भूकम्पबाट ऊत्पन्न पिडा स्मरण गर्दै आगामी दिनमा प्राकृतिक प्रकोप, विपद जोखिम न्यूनीकरण गर्न आवश्यक काम गर्ने र विपद भए पछि प्रभावकारी रूपमा प्रतिकार्य लगायतका काम गर्ने प्रतिबध्दता व्यक्त भयो।

Read More

काठमाडौं — संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरु भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत अधिवेशनको सुरुआत गरिएको हो। विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

Read More

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले निरन्तर सञ्चालन गरिरहेका ध्यानाकर्षण कार्यक्रमप्रति सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयले यथाशीघ्र संवादमा आउन महासंघलाई आह्वान गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले महासंघलाई औपचारिक रुपमा संवादमा आउन अनुरोध गर्दै भनेका छन्, ‘विधेयक शिक्षक प्रतिनिधिहरूसँगको परामर्शमै तयार गरिएको हो। समाधान संवादबाटै खोज्नुपर्छ।’ शिक्षा मन्त्री रघुजी पन्तले समेत प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूको चासोप्रति सरकार संवेदनशील रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘विधेयक संसदमा छलफल हुँदैछ, कानुनी प्रक्रिया अनुसार अघि बढ्छ। तर शिक्षकसँग निरन्तर संवाद गरिन्छ।’ महासंघको औपचारिक प्रतिक्रिया…

Read More

गोरखा । गोरखाको बारपाकमा १० औँ भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ। बारपाक–सुलिकोट गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। समारोहको शुभारम्भमा भूकम्पले विभत्स क्षति पुर्‍याएको ठिक ११५–६ बजे मौन धारणा गरियो। भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन गरे। त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गरे। प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्‍याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित उपस्थि समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम…

Read More