Author: Transparentgroup
काठमाडौं – नयाँबानेश्वर सडक खण्डमा प्रदर्शनरत शिक्षकहरू र प्रहरीबीच झडप भएको छ। घटनाक्रममा १५ जना शिक्षक घाइते भएका छन्। शिक्षकहरूले गत २० चैतदेखि चलाइरहेको आन्दोलनको क्रममा आज बिजुलीबजार–नयाँबानेश्वर सडकमा जम्मा भई प्रदर्शन गर्दै थिए। प्रहरीले उनीहरूलाई रोक्न खोज्दा दुवै पक्षबीच तनाव बढ्यो र झडप भयो। घटनामा कम्तीमा १५ जना शिक्षकहरू घाइते भएका छन्। घाइते शिक्षकहरूलाई नजिकैको सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ। शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बताए अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर छन् र तिनलाई ट्रामा सेन्टरमा सर्दै छन्। शिक्षकहरूले दिगो शिक्षा नीति, सेवा सुविधा र योग्यतानुसार पदोन्नतिको माग गर्दै आन्दोलनरत छन्। यसअघि पनि धेरै पटक सरकारसंग वार्ता भएतापनि…
काठमाडौं, नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा पोखरा थन्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक उपाधि जितेको छ। यसैसाथ उनीहरू एनएसएल इतिहासमा अपराजित रही दोहोरो उपाधि जित्ने पहिलो टिम बनेका छन्। मुख्य विशेषताहरू: ललितपुरले यस सिजनमा खेलेका ८ म्याचमध्ये कुनैमा हार नमानेर ६ जित र २ ड्रा सहित उपाधि जिते अघिल्लो सिजनको अन्तिम ३ म्याच समेत गन्दै उनीहरूको अपराजित यात्रा ११ म्याच पुगेको छ फाइनलमा नाइजेरियन खेलाडी इमोह इजेकेलले एक गोल र एक असिस्ट गरेर निर्णायक भूमिका खेले फाइनलको विवरण: दशरथ रंगशालामा भएको रोमाञ्चक फाइनलमा इमोहले ४२औं मिनेटमा पहिलो गोल गरेका थिए। पोखराका सुदिल…
काठमाडौं – संसदीय कर्मचारीहरूलाई १५ वर्षको सेवा पछि नै पेन्सन दिने प्रस्ताव प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले अस्वीकृत गरेको छ। सरकारले ‘केही नेपाल ऐन’मा संशोधन गर्न ल्याएको विधेयकमा सांसदहरूले थपेका यस्ता प्रस्तावलाई समितिले खारेज गर्यो। समितिका सभापति विमला सुवेदीका अनुसार, “सरकारले संशोधन गर्न नभनेको कानुनमा अर्को विधेयकबाट परिवर्तन गर्ने प्रयास असंगत थियो। त्यसैले यो प्रस्ताव रद्द भएको हो।” हाल ‘संघीय संसद सचिवालयसम्बन्धी ऐन २०६४’ लागू छ, जसअनुसार कर्मचारीले कम्तीमा २० वर्ष सेवा गरेमात्र पेन्सन पाउँछन्। यसको दफा ५० अनुसार, सेवाको अवधि र अन्तिम तलबको आधारमा पेन्सन रकम गणना गरिन्छ। यसअघि, नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), रास्वपा, जसपा र स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा…
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए । उनले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई…
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् । भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पारेकी हुन्। उनले भनिन्, “नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।” मन्त्री डा राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि…
काठमाण्डौं । भारतको जम्बू करमौरको राज्यअन्तर्गत पर्ने पहलगाममा पाकिस्तानी आतंककारीहरुले हिन्दु धर्मावलम्बीहरु पहिचान गरी नेपाली युवा विद्यार्थी सुदिप न्यौपाने लगायत २६ जनाको हत्या गरे। भारतीय हिन्दू नागरिकहरुको अमानवीय जघन्य हत्या गरेकोमा नेपाल नागरिक अभियानले आज काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ। जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दिएको छ । सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ । पहलगाम आतंकी हमलामा पाकिस्तानको हात रहेको भारतीय आरोप सही रहेको भन्दै सो समूहले ब्यानर र प्लेकार्डसहित मुख्य सडकमा केहीबेर प्रदर्शन…
रूपन्देही । रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले चेतावनी दिएको छ । पालिकाभित्रका सबै सरकारी विद्यालयका शिक्षक र कर्मचारीलाई २०८२ वैशाख १४ गतेदेखि विद्यालयमा अनिवार्य उपस्थित हुन सूचनामार्फत निर्देशन दिइएको हो । गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले १४ गतेदेखि शिक्षकलाई अनिवार्य रुपमा उपस्थिति भई नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन अगाडि बढाउन निर्देशित गरिएको बताए । ‘निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्राधिकारभित्र रही आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने छौं,’ उनले भने, ‘बालबालिकाको भविष्य र अभिभावकको अनुरोधलाई बेवास्ता गर्न सक्ने अवस्था छैन…
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ । विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए । नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले…
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले सूचना जारी गर्दै आइतबारदेखि विद्यालय समयमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिंदै शिक्षकहरूलाई चेतावनी दिएका हुन् । शिक्षक महासंघको आह्वानमा भएको शिक्षक आन्दोलनले विद्यालयहरूमा पढाइ प्रभावित भएको बताउँदै उनले नपढाउने शिक्षकले कि राजीनामा दिनु पर्ने कि सरुवाको प्रक्रिया सुरु गर्न सुझाव दिएका छन् । शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । अदालतले शिक्षकका माग सम्बोधन हुने गरी तीन दिनभित्र विद्यालयमा पठनपाठन सुरु गर्न आदेश दिइसकेको छ ।
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो । छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’ वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठोस सहमति हुन नसकेको हो । मन्त्री पन्तले शिक्षकहरुले उठाएको माग सुनिसकेपछि आफूले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क