Author: Transparentgroup

रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन मार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो । वृन्दावन नगरपालिका– ७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा भेटिएको थियो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका–४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ । बालकको…

Read More

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । अहिले बिहान ११ बजे बोलाइएको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन ( ब्यावस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको बार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेस गर्नेछ्न् । उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उड्डयन प्राधिकरण, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना…

Read More

काठमाडौँ । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ । वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका…

Read More

कैलाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताउनुभएको छ । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ । नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका आठ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताउनुभयो । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उहाँले दुःख व्यक्त गर्नुभएको छ । दूतावासका…

Read More

काठमाण्डौं । पूर्वाधार विकास, औद्योगिक विकास तथा मानव विकास सूचकाङ्कमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न रूपान्तरणकारी योजना अगाडि सारी पर्याप्त बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ। सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२र८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामामा वक्ताहरूले सो विषयमा जोड दिएका हुन्। वक्ताहरूले प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने प्राथमिकताका योजनाबारे सबै दलबाट प्रतिनिधित्व गर्ने सांसद तथा सरोकार भएकाहरू एकजुट हुनुपर्ने धारणा राखे। आयोगका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो । उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ को ६० बमोजिम ७ (सात)  दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ । दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ रहेको भनेर उल्लेख गरेकोमा रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको हकमा…

Read More

काठमाडौं । बानेश्वरमा शिक्षक र प्रहरीबीचको झडपका क्रममा गम्भीर घाइते भएकी महिला सुरुवाती रूपमा शिक्षिका भनिएको थियो। भिडिओमा ‘मेरो आँखा!’ भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले पिठ्युमा बोकेर अस्पतालतर्फ लैजाँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर पछिल्लो खुलासाले उनी शिक्षिका नभई प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की रहेको पुष्टि भएको छ। कार्की रिपोर्टिङका लागि घटनास्थलमा पुगेकी थिइन् र प्रहरी तथा प्रदर्शनकारीबीचको झडपमा परेर उनको आँखामा चोट लागेको हो। घाइते कार्कीलाई सुरुमा बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले अवस्था गम्भीर देखेर उनलाई ट्रमा सेन्टर रिफर गरे। अहिले सबिना कार्कीको उपचार तिलगंगा आँखा अस्पतालमा भइरहेको छ। उनको आँखाको स्थितिबारे थप विवरण…

Read More

काठमाडौं, नेपाली सेयर बजार (नेप्से) ले साताको पहिलो कारोबारी दिनमा उल्लेख्य प्रगति देखाएको छ। आज बजारमा १० अर्ब ८७ करोड रुपैयाँको कारोबार भएर अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले वृद्धि दर्ज गरिएको छ। यसको साथै नेप्से सूचकांकले ३.५८ अंकको उछाल लिई २,६६१ अंकमा पुगेको छ। बजारको प्रमुख हाइलाइटहरू: लगानी समूह (+१.७७%) र हाइड्रोपावर (+१.०६%) सेक्टरले सबैभन्दा बढी उछाल देखाए। फाइनान्स समूह (-१.०५%) र माइक्रोफाइनान्स (-०.९४%) सेक्टर घट्नेमा परे। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स को सेयर मूल्य १०% ले बढ्यो। विन नेपाल लघुवित्त (-१०%) र नारायणी डेभलपमेन्ट (-५.०२%) को सेयर मूल्यमा भने गिरावट दर्ज भयो। सेक्टरवार प्रदर्शन: बढी…

Read More

काठमाडौं – शिक्षकहरूको आन्दोलनको कवरेज गर्दै गर्दा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी छन्। नयाँबानेश्वरमा शिक्षक र प्रहरीबीच भएको झडपको समयमा प्रहरीले प्रयोग गरेको पानीको फोहोरले उनको आँखामा चोट लागेको हो। घटनापछि प्रहरी कर्मचारीले कार्कीलाई बोकेर नजिकैको सिभिल अस्पताल लगेका थिए। चिकित्सकले उनलाई पहिले ट्रमा सेन्टर र पछि तिलगंगा आँखा अस्पतालमा पठाएका हुन्। प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले कार्कीको आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था रहेको बताए। “उनको उपचार तिलगंगा अस्पतालमा जारी छ,” भण्डारीले भने। प्रहरी प्रवक्ताले यो घटनामा प्रहरीले निषेधित क्षेत्र तोड्न खोजिएको भन्दै बल प्रयोग गर्नुपरेको बताए। तर शिक्षक महासंघका नेताहरूले उनीहरू शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेको बेलामा प्रहरीले…

Read More