Author: Transparentgroup
काठमाण्डौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्ति क्लटरलाई अन्यभित्र समावेश गर्न र निर्वाचन खर्चलाई मितव्ययी बनाउन सुझाव दिएको छ। साथै सस्थाले युवा तथा अन्य समूहलाई सुरुदेखि नै मूलधारको राजनीतिमा समावेश गर्न आवश्यक भएकाले पार्टी दर्ता गर्दा केन्द्रीय समिति र प्रदेश समितिमा विधेयकमा थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमाथि सो सस्थाले सोमबार सुझावपत्र बुझाउँदै सो आग्रह गरको हो।कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाइ संस्थाका अध्यक्ष भावना भट्टसहितको टोलीले आयोगलाई सस्थाले…
काठमाण्डौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबिचको वार्ता अझै सफल हुन सकेको छैन। सोमबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन्। ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राति नै भनेका थिए। आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन्। ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठीक ११ बजे माइतीघर मण्डला आउनुहोला,’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन, आन्दोलनबिना केही पाइदैन। त्यसैले आन्दोलन बलियो गराऔँ।’ गत चैत…
काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पूर्ण समितिलाई बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सोमबार लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेको हो । छानबिनका क्रममा उपसमितिले १० अर्ब बढीको अनियमितता भएको निष्कर्ष निकालेको थियो । टेन्डर आह्वानदेखि निर्माणसम्पन्न हुँदासम्म पाइला पाइलामा घोटाला भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक लेखा समितिले गत वर्षको असार १४ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्न उपसमिति गठन गरेको थियो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न पनि समितिले सोही दिन उपसमिति बनाएको छ । यसैबीच, उपसमिति…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ। आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि गठित ११ सदस्यीय कार्यदलले सुझावसहितको प्रतिवदन स्वीकार गरेको छ।…
भारत । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) का अध्यक्ष बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच सोमबार भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ। अध्यक्ष भट्टराईले हालै पेहलगाम कश्मीरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका थिए।भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनमा सहभागी हुन भारतमा छन्।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकसँगै पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरुको आवाजलाई सरकारले बेवास्ता गरेको जनाउँदै सदनमा यस विषयमाथि छलफलका लागि प्रतिनिधिसभाको सचिवालयमा उक्त प्रस्तावको सूचना दिएका हुन् । सो प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियार, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका छन् । यस जरुरी…
काठमाडौं। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षाकर्मी आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू आन्दोलन स्थल पुगेका छन्। २७ दिनदेखि निरन्तर भइरहेको आन्दोलनलाई समर्थन गर्न अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र अन्य नेताहरू माइतीघरदेखि बबरमहल क्षेत्रसम्म आन्दोलनरत शिक्षकमाझ पुगेका हुन्। यसैबीच, हिजोको विरोध कार्यक्रममा सुरक्षाकर्मीद्वारा गरिएको बल प्रयोग र प्रहरी हस्तक्षेपप्रति तीव्र आलोचना भइरहेको छ। प्रहरीद्वारा गरिएको लाठीचार्ज र पानीको फोहराले एक पत्रकारसहित ६२ जना शिक्षकहरू घाइते भएका थिए, जसले सरकारप्रति चौतर्फी असन्तोष बढाएको छ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताए । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने उनको भनाइ छ । सरकारमाथि दोष थुपार्ने नभइ सरकारको आलोचना गर्न सकिने बताए । उनले निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्दै प्रश्न गरे ।
काठमाण्डौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ। बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने ठानिएको छ। राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन। गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको भनिए पनि अहिलेसम्म उनको नाम गभर्नर नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिबाट सिफारिस हुन सकेको छैन। सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्नुपर्नेछ। सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुने छ। नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय…
पाल्पा । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा गएराति जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । सर्वोत्तम सिमेन्टको खानी नजिकै लु १ ज २३७७ नम्बरको जीप जिप १५० मिटर तल खसेको हो । दुर्घटनामा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क