Author: Transparentgroup

काठमाडौं । प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ । दफा ३६ को (ख)  मा…

Read More

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा काठमाडौँ काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन्। उनी तीन दिन नेपालमै रहने बताइएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री सत्ता गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका चौथाइवाले नेपाल भारतबिच पछिल्लो समय चिसिएको सम्बन्धलाई सुधार तथा  सुदृढ बनाउन भूमिका खेल्ने बताइएको छ । लामो समयदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन सकिरहेको छैन । त्यस क्रममा चौथाइवालेले भ्रमणको वातावरण बनाउने काम पनि गर्ने बताइएको छ।

Read More

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताउनुभयो । उहाँले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिनुभयो । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन ९जिडिपी० भन्दा आफ्नो आम्दानी धेरै भएको…

Read More

काठमाडौँ। विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ । वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने छ । सहमति भएपछि शिक्षकहरू पनि बुधबारदेखि नै आन्दोलनबाट विद्यालय फर्किने छन् । मङ्गलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति साढे १० बजेसम्म वार्ता भएको थियो । वार्तामा शिक्षकले उठाएका मागमध्ये मन्त्रीपरिषद्बाट निर्णय गराउन सकिने मागमा दुवै पक्षबिच सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो तर तत्काल पूरा गर्न सकिने मागमा मन्त्रीपरिषद्ले निर्णय गरे पनि विद्यालय शिक्षा ऐन आउने सुनिश्चितता गराउने विषयमा थप छलफल गर्नुपर्ने भएका कारण मङ्गलबार निर्णय नभएको हो । शिक्षा विधेयक अहिले…

Read More

काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् । बैठकले आन्दोलन सँगसँगै सरकारसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रीले दिउँसो नै शिक्षकहरुसँग बैठक बोलाएका थिए । तर, महासंघको बैठक लम्बिएपछि वार्ताको समय पर धकेलिएको थियो ।

Read More

काठमाण्डौं । सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ। मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो । आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।

Read More

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेसपा ( नयाँ शक्ति ) का अध्यक्ष डा.बाबुराम भट्टराई छिमेकी मुलुक भारत भ्रमणको क्रममा राष्ट्रिय हितको निम्ति संवाद गर्ने अवसर मिलेको बताएका छन् । आज ( मंगलबार)  स्वदेश फर्किएका डा.भट्टराईले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘हाम्रो आफ्नो पार्टीको काममा गएपनि राष्ट्रिय हितको निम्ति पनि संवाद गर्ने अवसर मिलेको छ । अवसरको सदुपयोग हामीले गर्यौं । त्यसबाट मलाई निकै प्रसन्नताको अनुभूति भएको छ । त्यहाँका पनि लोकतान्त्रिक मूल्य मान्यता राख्ने बहुसंख्यक भारतीय जनता, शुभेच्छुकहरु छन्, उनीहरु पनि निकै खुसी भएको हामीले मानेका छौं ।’ अध्यक्ष भट्टराईले नेपालीहरु आफ्नो भविष्य आफैं निर्धारण गर्न सक्षम रहेको बताउँदै छिमेकीसँग ठीक ढंगले सम्बन्ध राख्न…

Read More

काठमाडौं । विभिन्न पेशागत माग राखी आन्दोलनरत आवासीय चिकित्सक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीचको छलफल निष्कर्षविहीन बनेको छ । आज ९मंगलबार० आवासीय चिकित्सकहरु मन्त्री पन्तसँग छलफलमा बसेका थिए । तर, वार्ता निष्कर्षविहीन बनेको हो । आन्दोलनरत आवासीय चिकित्सकहरुले छलफलबाट बाहिरिने क्रममा सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा रहेको टिप्पणी गरे । आवासीय चिकित्सकहरुले आन्दोलन जारी राख्ने बताएका छन् । केही दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । आवासीय चिकित्सकहरुले उक्त निर्णय सकारात्मक भएपनि ‘आठौं’ तह उल्लेख नगरिएको भन्दै आपत्ति जनाइरहेका छन् । पेशागत माग…

Read More

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक धारा ९५ बमोजिम this २०८२ साल वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनमा पढ्दै जानकारी गराउनु भयो। सो सूचना अनुसार सबै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुले सो दिन पौने ३ बजेभन्दा पहिले नै आफ्नो-आफ्नो आसनग्रहण गरिसक्नु हुन सभामुख घिमिरेले अनुरोध गर्नुभएको छ। राष्ट्रपतिको संसदीय सम्बोधनमा समसामयिक राजनीतिक, सामाजिक र आर्थिक विषयका साथै आगामी कार्यदिशामा औचित्यपूर्ण मार्गनिर्देशन हुने अपेक्षा गरिएको छ। संसद् सचिवालयले पनि संबोधनको विशेष व्यवस्थाको तयारी सुरू गरिसकेको छ।

Read More

बुटवल । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो। नवलरासी ( बर्दघाट सुस्तापूर्व ) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको हो।दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्ने गरी रातको समयमा सवारीसाधन सञ्चालन…

Read More