Author: Transparentgroup

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै तानाशाही राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका उल्लेख गर्दै जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । “रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना…

Read More

काठमाण्डौं । बुधवार दिउँसो कमलादीवाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘नक्कली पत्र’का आधारमा रेशम पक्राउ परेका थिए । उक्त पत्र नक्कली भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । रेशम पक्राउ परेपछि नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजीता श्रेष्ठले सरकारबाट बाहिरिने बताएकी थिईन् । अहिले…

Read More

काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा दुईपक्षीय भेटवार्ता भएको हो ।चौथाइवाले बुधबार बिहान काठमाडौं आएका हुन् । यहाँ आएलगत्तै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् । कांग्रेस सभापति देउवा र देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणासँग चौथाइवालेले संयुक्त रूपमै भेटेका हुन् । त्यसअघि गृहमन्त्री रमेश लेखकसँग चौथाइवालेले भेटेका हुन् । लेखकले चौथाइवालसँग भेटको प्रसंग उल्लेख गर्दै समाजिक सञ्जाल ‘एक्स’मा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक कुराकानी भएको लेखेका छन् । चौथाइवालेको नेपाल भ्रमण र भेटघाटले द्विपक्षीय सम्बन्धलाई सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उनले…

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । ‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले सर्वोच्च अदालतकै समन्वयमा विष्ट पक्राउ परेको बताए । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले…

Read More

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । ‘ पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै नाउपा सरकारबाट बाहिरिन लागेको हो । रेशमजी छुट्नुहुन्छ, हामी सरकारबाट बाहिरिन्छौं,’ श्रेष्ठले भनिन् । आज दिउँसो रेसम पक्राउ परेपनि रेशमलाई छुटाउने प्रयास भईरहेको छ ।

Read More

काठमाण्डौं । सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ ।नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू सरकारसँग वार्ताका लागि बुधबार दिउँसै सिंहदरबार प्रवेश गरेका थिए । सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी भएका छन् । शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् । वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् । शिक्षा, विज्ञान…

Read More

काठमाडौं | नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई काठमाडौंमा पक्राउ गरिएको छ । आजै जनमत पार्टी र नाउपाले एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो । प्रहरीले प्रज्ञा भवन, कमलादी परिसरमा सञ्चालित सो कार्यक्रममा सहभागी भएर सादा पोशाकमा रहेका चौधरीलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार चलान गरेको हो । प्रहरीले हालसम्म पक्राउको औपचारिक कारण सार्वजनिक गरेको छैन । तीन वर्षअघि टिकार्प–काण्डको मुख्य आरोपित रहेका चौधरीले २०८० जेठ १५ गते राष्ट्रपति द्धारा कैदमुक्ति पाएका थिए । काठमाडौं प्रहरीका एक वरिष्ठ अधिकृतका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पुनः कारागार पठाइएको बताइएको छ । चौधरीको पक्राउपछि दुवै दलको एकता घोषणा कार्यक्रम…

Read More

काठमाडौं— नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अहिले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको बहुचर्चित एकीकरण घोषणा कार्यक्रम जारी छ। मधेस र थारू समुदायमा व्यापक समर्थन रहेका यी दुई दलबीचको राजनीतिक एकता नेपाली राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेतको रूपमा हेरिएको छ। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, नेता रञ्जिता श्रेष्ठसहित दुवै दलका शीर्ष नेताहरू सहभागी छन्। सहकार्यको घोषणासँगै संयुक्त प्रेस वक्तव्य सार्वजनिक गरिँदै छ, जसमा नयाँ पार्टीको नाम, नीति, संरचना र भावी रणनीतिबारे जानकारी दिइँदैछ। हालसम्म प्राप्त जानकारीअनुसार, डा. राउत नयाँ पार्टीको अध्यक्ष बन्नेछन् भने रेशम चौधरीलाई सम्मानजनक संरक्षकको भूमिकामा राखिनेछ। यद्यपि, नागरिक…

Read More

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए । अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए । जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन…

Read More

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताएका छन्। काठमाडौँमा आन्दोलनरत शिक्षकका माग सम्बोधनको निम्ति जरुरी सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको पूर्वमन्त्री पाण्डेको भनाइ छ । राससका समाचारदाता सुशील दर्नालले सचेतक पाण्डेसँग लिएको अन्तर्वार्ताको सम्पादित अंशः तपाईँ आजभोलि केमा व्यस्त हुनुहुन्छ, दिनचर्या कसरी बितिरहेको छ ? यही वैशाख १२ गतेदेखि सङ्घीय संसद्को छैटौँ अधिवेशन चलिरहेको छ । त्यसैले यो अधिवेशनको बैठक, समितिहरूको बैठक र तिनीहरूको व्यवस्थापनको काम भइरहेको छ । सँगसँगै, यो अधिवेशनमा भएका सैद्धान्तिक छलफल र विधेयक संशोधनको तयारीमा व्यस्त हुँदै आएको छु । संविधान…

Read More