Author: Transparentgroup

काठमाडौं । करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ । सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो । हिजो शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बाट पारित भएका थिए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आबाट नै विद्यार्थी भर्ना सुरु हुने उनले बताए । करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ । शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले बताए । यता नेपाल शिक्षक महासंघले पनि सबै शिक्षकहलाई काममा फर्कन र बिद्यालयमा पठनपाठन सूचारु गर्न…

Read More

सुनसरी। सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं।१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त सुरक्षा फौजले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उप महानगरपालिका–१३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१…

Read More

काठमाडौँ । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु…

Read More

काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति सम्पन्न भएको छ।शिक्षामन्त्री रघुजी पन्त र महासंघबीच भएको यो सहमति मन्त्रिपरिषदबाट पारित भएसँगै कार्यान्वयनमा आएको हो। शिक्षा मन्त्रालयले यस सहमतिका आधारमा अघि सारिएका सात बुँदालाई जग बनाएर निर्णय लिएको हो। सहमति प्रक्रियामा योगदान दिएका पूर्व शिक्षामन्त्री विद्या भट्टराईप्रति मन्त्री पन्तले आभार व्यक्त गरेका छन्। यी हुन् ९  बुँदे सहमति  १) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने । २) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने…

Read More

काठमाडौं । विद्यालय शिक्षा एने आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । बुधबार भएको सरकार र नेपाल शिक्षक महासंघबीच भएको छलफलमा शिक्षा ऐन जारी गर्ने सहमति भएको छ । ‘असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सोही सहमित बोकेर अहिले मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा जानुभएको छ ।’आजै मन्त्रिपरिषद् बैठक सकेर शिक्षकका मागबारे सम्बोधन गर्नेगरी निर्णय लिनेछ । मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गर्ने बताइएको छ । यो सँगै गत चैत २० गतेदेखि सडक रहेका शिक्षकहरूको आन्दोलन पनि स्थगित हुनेछ । शिक्षकहरूको आन्दोलन भोलि ( बिहीबार)  बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक…

Read More

काठमाण्डौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी फेरि पार्टी एकताबारे छलफलमा जुटेका छन्। दुई पार्टीबीच आजै एकता गर्ने तय भएको भए पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि एकता कार्यक्रम स्थगित भएको थियो। तर, सर्वोच्च अदालतबाट पठाइएको पत्र अनाधिकृत भएको पाइएपछि रेशम आजै छुटेका छन्। रेशम छुटैसँग एकताबारे छलफल सुरु भएको हो। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले स्थगित भएको पार्टी एकता भोलि नै गर्नेगरी छलफलमा जुटेको जानकारी दिए। ‘भोलि नै एकता हुन्छ,’ चौधरीले भने, ‘अहिले हामी बानेश्वरमा यसबारे छलफलमा छौँ।’ जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि एकताबारे छलफल सुरु भएको बताए। जनमत पार्टी कार्यालय नजिकैको एक…

Read More

काठमाडौँ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। बुधबारको सहमति मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। मन्त्रिपरिषद्को बैठकपछि सहमति भएका निर्णय सार्वजनिक गरिनेछ । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन। मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन्। शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले बताए।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिको कार्यालय शितलनिवासले आज ( बुधबार )  गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको हो । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

Read More

काठमाण्डौं । बिगत २९ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकका माग सम्बोधन गर्न आज ९बुधबार० साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मन्त्रिपरिषद्‍बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएको शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो। तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ। शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयार भएको जनाइएको छ।लमहासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्ने र तत्काल ९ बुँदे प्रस्तावमा निर्णय गर्ने माग राखेको छ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मागपत्र बुझाएका हुन् । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार पार्टीले उठाउँदै आएका विभिन्न माग समेटेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । ‘समस्या र समाधानको एउटा दर्पणको रूपमा रहेको मागपत्र पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएका हौं,’ उनले भने । एकीकृत समाजवादीले १ चैतदेखि ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मूल नाराका साथ जारी राखेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए । समग्रमा आगामी वार्षिक नीति तथा कार्यक्रममा आफूहरूले उठाउँदै आएको मुद्दा पनि सम्बोधन हुन सकोस्…

Read More