Author: Transparentgroup

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा बिहिवारबाट ललितपुरमा सुरु भएको छ। रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्‍याइएको हो। हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ। रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ। रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यरूपमा मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ। पौराणिक किंवदन्ती अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएका थिए। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ । वैशाख शुक्ल प्रतिपदाको दिन रथ…

Read More

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्‌मा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह…

Read More

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आयोजक वल्डवाइड फिल्मस् नेटवर्क प्रालिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । संस्थाका अध्यक्ष देव मगरका अनुसार शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दैआएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको हो । उहाँले भन्नुभयो, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।” आगामी जेठ ३ गते ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम आयोजना हुने भएको…

Read More

भारत । भारतको ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ( केआईआईटी )  मा हिजो ( बिहीबार )  फेरि एक नेपाली विद्यार्थी आफ्नो कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’ उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए । ती छात्राको पहिचान प्रिसा साह ( १८ वर्ष )  को रूपमा गरिएको छ।…

Read More

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो । पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक…

Read More

काठमाण्डौं । संक्रमणकालीन न्यायबारे छलफल गर्न बोलाइएको तीन शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो। आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएका थिए। त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो। करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठकमा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्। सिंहदरबारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति…

Read More

काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले राजनीतिक भेटवार्ता तिब्र रुपमा अघि बढाएका छन् । उनले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन् । हिजोदेखि राजनीतिक भेटघाट शुरु गरेका चौथाईवालेले आज मात्रै शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटघाट गरेका छन् । नेकपा एकीकृत समाजावदी० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न चौथाईवाले नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल बसाईको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता जारी राखेका छन्। काठमाडौं ओर्लिएकै दिन हिजो ९बुधबार० गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु राणा र कांग्रेस सभापति शेरबहादुर…

Read More

काठमाण्डौं । सरकारको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। संयुक्त बैठकका लागि सबै सांसदका साथै उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिधिनिधि, निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिसकिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। यसैगरी बैठक कक्षको सरसफाइ र आवश्यक तयारी, परिसर क्षेत्रमा सजावट, प्रवेश पासको व्यवस्थालगायत कार्यहरु…

Read More

काठमाण्डौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्षा मौसम सुरु हुनुअघि नै आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। १६३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन टुकोनले आयोजना गरेको कार्यक्रममा उनले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई भ्रष्टाचारको कारखाना भन्दै व्यवस्था परिवर्तनको आवश्यकता औंल्याए। “वर्षा मौसम सुरु हुनुअघि हामीले आन्दोलनको वातावरण बनाउनुपर्छ। समान विचार भएका सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नुहुन्न,” थापाले भने। उनले अहिलेको व्यवस्थाले देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको भन्दै उदासीनता, हताशा र निराशा चिर्न राजावादी र हिन्दुवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। थापाले वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई प्रश्रय दिएको आरोप लगाउँदै देश र जनताको हितका…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटै ठूलो आन्दोलनमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी घटकहरुलाई एकै ठाँउमा ल्याएर छिटै ठूलो आन्दोलनमा जाने बताएका हुन् । प्रचण्डले आन्दोलन र क्रान्तिबाट मुलुकमा देखिएका समस्याहरुको समाधान गर्न तर्फ अग्रसर रहेको उल्लेख गरे । आफुहरुको आन्दोलन र क्रान्ति शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रचण्डले राज्यले बल प्रयोग गरेर दमन गर्न खोजे जनताको विद्रोहको अधिकारलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । सरकारले सुशासनबिरुद्ध र भ्रष्टाचारका पक्षमा गरेका कामलाई माओवादीले खवरदारी गरिरहेको उहाले बताउनुभयो । प्रचण्डले अहिलेको व्यवस्थालाई नै उल्टाउने प्रयास भएको भन्दै त्यस्ता प्रयासलाई…

Read More