Author: Transparentgroup

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा गएका मन्त्रीहरू बाहेक अरू कसैले एमालेसँग सहकार्य गर्न आवश्यक नभएको बताएका छन् । नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । सरकार बिरुद्ध निरन्तर खेदो खनीरहेका काँग्रेस नेता कोईरालाले एमालेसँग सहकार्य गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘प्रतिस्पर्धीसँग सहकार्य गरेर सङ्गठन बन्दैन । हामीले गलतलाई गलत भन्नुपर्छ । अनिमात्रै हामी अघि बढ्छौँ । कांग्रेस र एमालेले सरकार बाहिरको संयन्त्र बनाएको छ । कुनै पनि लोकतान्त्रिक मुलुकमा त्यस्ता संयन्त्रहरूले सरकारलाई चलाउन सक्दैन, पाउँदैन ।’ नेता कोइरालाले…

Read More

कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज०बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आउनुभएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी अँध्यारोमा बस्न बाध्य छौँ निकुञ्जले यहाँ सोलार समेत लगाउन दिँदैन,” ढक्का शिविरका रामदास चौधरीले भन्नुभयो, “हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र टर्च चार्ज गरेको रु। दशरदश तिर्नुपर्छ ।” उहाँका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ ९एनआरएनए० भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिबार काठमाडौँमा गैर आवासीय नेपाली संघ ( एनआरएनए )  को एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको जिकिर गरेकी हुन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन । तपाईँहरू त कहीँ लेबर गरेर पनि गर्नुभएको छ । एउटै…

Read More

काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ। शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बसेको हो। आइतबारदेखि पुनः संघीय संसदको बैठकहरु सुरू हुँदैछ। आइतबार राष्ट्रिय सभा र सोमबारदेखि प्रतिनिधि सभा बैठक बस्दैछ। संसदको यो अधिवेशनमा बजेटसँगै अन्य थुप्रै विधेयकहरू सरकारले पारित गर्ने तयारी गरेको छ। शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार ९ वटा विधेयकहरू सरकारले चालु अधिबेशनबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय शिक्षा विधेयक, निजामति कर्मचारी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरु सरकारका प्राथमिकतामा छन्। त्यसको छलफल र बहसमा संसदमा प्रस्तुत हुने विषयमा सांसदहरूलाई एकताबद्ध गर्नका लागि संसदीय दल बैठक…

Read More

काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे। ‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ,’ ओलीको भनाइ छ, ‘संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन। हामीले…

Read More

दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ । महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण गरिरहेको छ । नेपाली भूमिमात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल…

Read More

मोरङ । मोरङ जिल्लाको बेलबारी नगरपालिका–२ स्थित सिंहदेवी आधारभूत विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका ९० जना विद्यार्थीहरुको लागि पोशक बितरण गरिएको छ । कोशी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनु सुवेदी घिमिरेको उपस्थितिमा विद्यालयका प्रधानाचार्य ध्रुव दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद दंगाललाई विद्यार्थीहरुको लागि कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपाल नं. ३ कंकालिनी गण मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेलगायत स्थानीय जनप्रतिनिधिहरु, शिक्षक शिक्षिका तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौं  । काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस फुटपाथमा पैदल हिँड्ने हुन् । काठमाडौंमा जताततै फुटपाथ अतिक्रमित छ । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् । दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन । नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै…

Read More

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैं सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन्।विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा र आम जनतामा शुभकामना दिँदै उनले यो प्रतिबद्धता व्यक्त गरेका हुन्। सभामुख घिमिरेले सन्देशमा भनेका छन्, ‘नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो।’ प्रेस स्वतन्त्रता पत्रकारको मात्र नभई सुसूचित हुन पाउने जनताको पनि हक भएको उनको भनाइ छ। उनले स्वतन्त्र प्रेसबाट मात्र समाजमा सत्य,…

Read More

काठमाडौँ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी…

Read More