Author: Transparentgroup

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्‌गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्‌गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्‌लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको…

Read More

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२.१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् ( काम, कर्तव्य,…

Read More

नवलपरासी । हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय दुम्कीबासका ईन्सपेक्टर राजन तिमिल्सेनाले जानकारी दिए । गए रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्णरूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत उनले आग्रह गरेका छन् । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू(भागका केही स्थान तथा बाँकी भू(भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । देशका हिमाली एवम् पहाडी भू(भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही…

Read More

भक्तपुर। शिक्षक आन्दोलनका कारण धकेलिएको कक्षा १२ को परीक्षा आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।…

Read More

भक्तपुरं । भोलि ( आइतबार )  देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्।बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले…

Read More

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना ( पूर्वी खण्ड ) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए । नागढुंगा–मुग्लिङ सडक योजना ( पूर्वी खण्ड )  ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले…

Read More

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने सम्झौता भएसँगै आवासीय चिकित्सकहरु आन्दोलन छोड्न सहमत भएका हुन् । सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय…

Read More

काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आगामी २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेर समाजवादी क्रान्तिको आधार तयार पार्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउन खोज्ने प्रतिगामी र यथास्थितिवादी शक्तिहरूलाई गतिलो जवाफ दिने बताए। “हामीले सडक र सदनबाट खबरदारी गरिरहेका छौँ। आवश्यक परे ठूलो आन्दोलन गर्छौँ,” दाहालले भने। उनले सामाजिक सञ्जाल र जनतामाझ माओवादीको लोकप्रियता र सक्रियता बढेको उल्लेख गर्दै भने, “पाँच–सात महिनाअघि सामाजिक सञ्जालमा हाम्रो अवस्था कमजोर थियो, तर अहिले हामी एक नम्बरतिर उकालो लाग्दैछौँ। यसले जनमत आकर्षित गरेको छ।” दाहालले कांग्रेस र…

Read More

काठमाण्डौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन्।शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पुँजीवादी संविधान भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका हुन्। संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौं। संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौं, उनले भने। उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे। सम्मानित नेता खनालले शुक्रबार सरकारले ल्याएको नीति र कार्यक्रममा नौटंकी मात्रै रहेको…

Read More