Author: Transparentgroup
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकानी भएको जनाइएको छ । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।
काठमाण्डौं । केपी शर्मा ओली नेतृत्वको सरकारको काम गराइबारे निरन्तर आलोचना गर्दै आएका नेपाली कांग्रेस महामन्त्री गगन थापाले काम गराइको शैली सरकारले परिवर्तन गर्न जरूरी रहेको बताएका छन्। नागरिकको असन्तुष्टि चिर्न सरकारको अहिलेको जस्तो काम गराइले नपुग्ने पनि महामन्त्री थापाले बताए। सरकारले कार्यशैली बदल्न नसके यसको विकल्पको बारेमा सोच्नुपर्ने अवस्था आउनसक्ने महामन्त्री थापा बताउँछन्। महामन्त्री थापासँग न्युज एजेन्सी नेपालले गरेको अन्तर्वार्ता – केही महिना यता देश दौडाहमा हुनुहन्छ, के भन्छन् जनता ? म पार्टीको कार्यक्रममा सहभागी हुँदा पार्टीका साथीहरूमा ठूलो उत्साह देखेको छु, ऊर्जा पनि छ उत्सव जस्तो छ। नाचगान छ, जुलुस भेला छ। तर म यतिमै सीमित भएर आएको…
काठमाडौँ । पढ्नलाई उमेरले छेक्दैन । रहन हुने हो र ईच्छाशक्ति हुने हो भने जस्तो सुकै परिक्षा पनि सहज हुन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् ७३ वर्षीया सूर्यवती खनाल । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–वडा नं १० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले आज कक्षा १२ को परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन्…
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। आइतबार काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए। “आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु” गृहमन्त्री लेखकले भने,“ यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु । यो आजको भोलि नै हुने कुरा होइन पाँचरदश वर्ष कुर्नु पर्ने हुनसक्छ…
काठमाण्डौं । राष्ट्रियसभाका सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् । भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे । चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्न…
काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गर्नुभयो । आकस्मिक समयमा जनता समाजवादी पार्टी…
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ध्यानाकर्षणपत्रमा दलीय भागबण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरेका छन्। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ। प्रधानमन्त्री ओलीले…
काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा गत वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
अष्ट्रेलिया । अष्ट्रेलियामा लेबर पार्टी पुनस् निर्वाचित भएको छ । अष्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीजले दोस्रो पटक आम चुनाव जितेका हुन् । अष्ट्रेलियाको चुनावमा लेबर पार्टीका एन्थोनी अल्बानीजले भारी बहुमत हासिल गरेका छन् र उनी फेरि देशको प्रधानमन्त्री बन्नेछन् । देशभरि लिबरल(नेशनल गठबन्धनको लज्जास्पद हार व्यहोरेको छ । अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यताको पक्षमा मतदान गरेका छन्, एन्थोनी अल्बानीजले भने। गठबन्धनका नेता पिटर डटन आफैंले आफ्नै सिटमा चुनाव हारेका छन् । उनले विगत २४ वर्षदेखि यो पद सम्हालेका थिए । उनले हारको पूर्ण जिम्मेवारी लिएका छन् । २१ वर्षमा पहिलो पटक कुनै नेता फेरि प्रधानमन्त्री बन्नेछन्। यसअघि २००४ मा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क