Author: Transparentgroup

काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२(८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको…

Read More

काठमाडौं  । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । दुईवटा मोटरसाइकलमा सवार उनहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो । सो पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपैयाँ रकम फेला परेको एसपी बोहराले जानकारी दिए । पक्राउ पर्नेहरू काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी…

Read More

काठमाडौँ । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक ९डीआईजी०हरूको सरूवा गरेको हो । जसअनुसार ६ प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका हुन् । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक ( डीआईजी )  को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ…

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि प्रहरीले थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको…

Read More

काठमाण्डौं । नेकपा ९माओवादी केन्द्र० ले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने भएको छ । झापाबाट सुरु गरेको ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादीस् तराई–मधेस जागरण अभियान’ सकिएको एकसाता नहुँदै माओवादीले मध्य पहाडी लोकमार्ग अभियान घोषणा गरेको हो । अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले मध्य पहाडी लोकमार्ग अभियानका लागि तयारी थाल्न पार्टीं नेतृत्वलाई निर्देशन पनि दिएको छ । ‘बैठकले मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । अभियानको सम्पूर्ण कार्यक्रम बन्न बाँकी नै रहेको छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा गर्दै अभियानसोचेभन्दा बढी सफल भएको निष्कर्ष…

Read More

काठमाडौँ । भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो । भ्रष्टाचार कसुरमा १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना कैदको सजाय तोकिएको हो । प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रम भन्दा बाहिर गई पेपर बेस्ड र कार्ड…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।

Read More

काठमाडौँ । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका छन् । आइतबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान गर्दै बधाई दिएका हुन् । सो अवसरमा अर्यालले सशस्त्र प्रहरीले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको जिकिर गरे । उनले मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन गरिरहेको बताए । सशस्त्र प्रहरी जवान जंगमले वैशाख…

Read More

काठमाडौं । संसद्को लेखा समितिमा पोखरा विमानस्थलको उपसमितिले बनाएको प्रतिवेदनको विषयमा छलफल भएको छ भने, समितिले अब अर्को बैठकबाट भैरहवा विमानस्थलको पनि अध्ययनको लागि उपसमिति बनाउने भएको हो । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अब अर्को बैठकले भैरहवा विमानस्थलको अध्ययनका लागि उपसमिति बनाउने बनाउने बताए । सभापति पोखरेलले भने, ‘पोखरा विमानस्थलको विषयमा हामी न्यायिक निकाय हो रु हामीले गर्ने निर्णय नै अन्तिम निर्णय हो । हामीले सरकारलाई झकझकाउने हो । हामीले आफुलाई गाली नगरौँ । हामी यसरी बोल्नु आवश्यक थिएन । पोखरा विमानस्थलको बारेमा अर्को बैठकमा छलफल गरौँ । २३औँ प्रतिवेदनको प्रगति के रु भैरहवा विमानस्थलको छलफलको लागि उपसमिति…

Read More

बिराटनगर । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण छानबिन गर्न माग गर्दै एकीकृत समाजवादीले कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार एकीकृत समाजवादी कोशी समिति अध्यक्ष सरिता खड्का, पूर्वमुख्यमन्त्री राजेन्द्र राईलगायतको टोलीले भूमि व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले हाल प्रश्न उठिरहेको गिरीबन्धु टी–इस्टेटको जग्गाका विषयमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। यसैगरी, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणलाई चासो दिँदै एकीकृत समाजवादीले ज्ञापनपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ। कोशीमा अझै १७।१९ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश भएको र १८।३० प्रतिशत पूर्ण बेरोजगारको अवस्थामा रहेकाले पुरानै…

Read More