Author: Transparentgroup
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन आज प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा गरेका हुन् । उनले वक्तव्यको अन्तिममा राजीनामा घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरे । सिंहले राजीनामा घोषणा गर्दै आफ्ना पार्टी अध्यक्ष सिके राउतलाई विभिन्न आरोपसमेत लगाए । मुख्यमन्त्रीको बहिर्गमनसँगै अब मधेस सरकार गठनको लागि बाटो खुलेको छ ।
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतले उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए। ललितपुरको जावलाखेलभनिमण्डलस्थित रामबाघ महलमा ३ दिनसम्म बैठक चल्नेछ । केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ। प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले…
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा आफू सभापतिको दौडमा नरहने बताएका छन्। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि पहिलो पटक पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका हुन्। ‘आगामी १५ औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन।’ उनले भने। उनले थपे ‘घरमा सधैँ एकै जना मुली रहँदैन, पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु।’ देउवाले जेनजी आन्दोलनका क्रममा आफू र आफ्नो परिवारमाथि भएको आक्रमणको भर्त्सना गर्दै त्यसलाई…
काठमाण्डौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको डीएनए परीक्षणबाट पनि मृत्यु भएको पुष्टि भएको छ।इजरायली सञ्चारमाध्यम ‘द जेरुसेलम पोस्ट’ र ‘टाइम्स अफ इजरायल’ का अनुसार सोमबार साँझ हमासले हस्तान्तरण गरेका चार शवमध्ये एक विपीनको रहेको डीएनए परीक्षणबाट खुलेको हो। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्र किबुज अलुमिमबाट बन्धक बनाएका २३ वर्षीय विपीनको शव सोमबार अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाइएको थियो। रेडक्रसले उक्त शव इजरायली सेना ( आईडीएफ ) लाई हस्तान्तरण गरेको थियो। शव प्राप्त भएपछि इजरायली सेनाले राष्ट्रिय फरेन्सिक चिकित्सा संस्थानमा डीएनए परीक्षण गराएको थियो। परीक्षणको नतिजा विपीनको परिवारको डीएनए नमुनासँग मिलेपछि उनको मृत्युको…
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा सानेपा पुगेका छन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन उनीहरू पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। आजको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा सहभागी हुन पुगेका सभापति देउवालाई स्वास्थ्य अवस्था कस्तो छ भनी पत्रकारले सोध्दा उनले ‘ठिक छ, ठिक छ’ भन्दै जवाफ फर्काएका छन्। जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देउवा निवासमा भएको आक्रमणपछि उनीहरू पहिलोपटक आज सार्वजनिक भएका हुन्। सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसकेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । बैठक असोज ३० गते १ बजेसम्मका…
काठमाडौँ । पूर्वसभामुख कृष्ण बहादुर महराविरुद्धको अभियोग उपर आजबाट थुनछेक सुरु हुँदै छ । बहस हुनुअघि काठमाडौँ जिल्ला अदालतमा उनीसँग बयान लिइने छ । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महरालाई प्रतिवादी कायम गरिएको हो । चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्पर्कको कारण महरा सुन तस्करीमा संलग्न देखिएको सीआइबीको अनुसन्धान निष्कर्ष छ । सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूसँगको बयानमा महराले वाङसँगको आफ्नो ‘कनेक्सन’ स्विकारेका छन् । सञ्चारमन्त्री भएको बेला चिनियाँ नागरिक वाङ आफूलाई बधाई दिन आएको र त्यसबेलादेखि नै उनलाई चिनेको महराले बताएका छन् । ‘म सञ्चार मन्त्री…
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाँच करोड रुपैयाँ बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ। मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले दुई करोड ५५ लाख ७२ हजार रुपैयाँ बराबरको सहिद स्मृति भत्ता र दुई करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो। कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।…
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस…
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् । बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् । अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण…
इलाम । यही असोज १८ गते अविभर वर्षासँगै माथिबाट झरेको पहिरो इलामको माइजोगमाई गाउँपालिकाको मुख्य प्रशानिक भवमा पस्दा एक करोड बराबरको क्षति भएको छ । गाउँपालिकाको भवनभन्दा माथिबाट पहिरो पालिकाको झ्यालबाट भित्र पस्दा एक करोड बराबरको क्षति भएको हो । लेदोसहितको पहिरोले गाउँपालिकाका प्रायः सबै कोठा पुरिएको गाउँपालिकाका विपद् फोकल पर्सन गोकुल संजेलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्र रहेको प्राविधिक शाखा र लेखा शाखामा पूरै क्षति गरेको छ । अन्य शाखा समेत लेदोसहितको पहिरोले पुरिएको छ । पहिरोले पालिकाभित्र रहेका सबै फाइल नष्ट भएका छन् भने एक दर्जनभन्दा बढी ल्यापटप, कम्प्युटर, दराज, टेबल, कुर्सी, कार्पेट आदिको क्षति भएको छ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क