Author: Transparentgroup
काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन्। यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्नुहुँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्डी बनाइएको टिप्पणी गरेका हुन्। गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रुप दिन खोजिएको भएपनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको उनले बताए। मैले यही सम्मानित संसदमा माननीय सांसदका मतहरुलाइ समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डीय परम्परा भत्काउन खोजेको थिएँ। उनले भने, सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु…
मुस्ताङ । मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति ( सिएमसी ) ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए।हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन…
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श लिएका छन् । सत्ता घटक दल नेपाली काँग्रेसका सभापती देउवासँग अर्थमन्त्री पौडेलले बजेटको कार्यान्वययन लगायतका बिषयमा परामर्श लिएका हुन् । सोमबार बिहान बुढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिए ।
मोरङ । उमागौरी कृषि सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ। प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान(४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन्। उनीसहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो। जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङ अदालत आएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए। उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ…
काठमाडौँ । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् । साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका हुन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो । ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी…
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२ /८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने छ । जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आजैबाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संसोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
ललितपुर । ललितपुरमा गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भयानक दुर्घटना भएको छ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सातदोबाटोमा सडकमा रहेको पोलमा गाडी ठोक्किन पुगेको पाइएको छ । उनले दिएको जानकारी अनुसार अहिले उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको हुँदा र पोल जोखिममा रहेका कारणले एकतर्फीमात्रै बाटो खुला गरिएको छ । कार दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले…
झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१र८२ को नौ महिनामा रु ८२ करोड १६ लाख ४८ हजार चार सय दुई राजस्व सङ्कलन गरेको छ । कार्यालयले चैत महिनामा मात्रै १५ करोड ७० लाख ८२ हजार एक सय १६ राजस्व सङ्कलन गरेको हो । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत रु ६९ करोड छ लाख २२ हजार पाँच सय ४२, यातायात क्षेत्रको आम्दानी बापत रु ९६ लाख ६० हजार छ सय ६७, सवारी चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत रु १२ करोड १२ लाख ८९ हजार छ सय ५१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद…
काठमाण्डौं । आज संघीय संसदको एउटा समितिको मात्रै बैठक बस्दै छ। संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्ने भएको हो। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ। जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथि छलफल हुनेछ। यसअघि नै सरकार र आन्दोलनरत शिक्षकहरुबिच बिद्यालय शिक्षा ऐन असार १५मा ल्याउने सहमती भएको थियो । सो सहमती अनुसार ऐनको मस्यौदा लेखनको कार्य जारी रहेको बेलामा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । यस बैठकलाई महत्वकासाथ हेरीएको छ ।
तनहुँ । यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् । कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेको थियो । गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा चार टोलीबाट ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिए । जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरे नाचबारे प्रशिक्षण दिइएको उनको भनाइ छ । अध्यक्ष कुमालले भने,“कुमाल समुदायको यो संस्कृति लोप…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क