Author: Transparentgroup
काठमाडौँ। मनसुनजन्य विपतका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१ औँ कार्यकारी बैठकले विगतमा भएका मनसुनजन्य विपत्का कारण भएको जनधनको क्षतिबाट पाठ सिकेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ । बैठकले विगतका वर्षमा भोग्नु परेका क्षतिलाई स्मरण गर्दै यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानसमेतका आधारमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ तयार पार्ने निर्णय गरेको छ । सो कार्ययोजनालाई यथाशीघ्र अन्तिम रूप दिई कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिन…
काठमाण्डौं । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । उक्त ३०० दिन यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो । तर अहिलेसम्म पनि दुबै काम सम्पन्न नभएपछि प्रधानमन्त्री ओली रुष्ट भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्…
काठमाडौँ । आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा ३७ वटा संशोधन प्रस्ताव आएको जानकारी दिए । संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रमले वर्तमान समस्याको समाधान गर्न नसकेको मात्र नभई भविष्यप्रतिको स्पष्ट दृष्टिकोणसमेत नबोकेको टिप्पणी गरेका छन् । स्पष्ट योजना र दूरदृष्टिको अभाव, समावेशीता सामाजिक न्याय र सुशासनप्रतिको कमजोर प्रतिबद्धता, निराशाजनक र पश्चगामी शैली, कार्यान्वयन पक्षको अपूर्णता र अस्पष्टता, सङ्घीयता र…
काठमाडौं। क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ ( क्यान ) का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्। योसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने भएका छन्। २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो। नेपाली राष्ट्रिय टोलीमा रहेका आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा लिगको १२औं खेलमा काठमाडौं नाइट्सविरुद्ध वेस्ट हाइटमा नो–बल फालेका थिए। त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल अफ स्टम्पभन्दा धेरै बाहिर फालेपछि उनलाई अनुसन्धानको दायरामा ल्याइएको…
पोखरा । पोखराको फेवा तालमा हावाहुरीसहित परेको पानीका कारण फसेका ८ जनाको उद्धार भएको छ । सोमवार दिउँसो डुंगा चलाएर कायकिङ ( एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा ) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका थिए । मौसम बिग्रिएसँगै फेवातालमा अलपत्र परेका उनिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका थिए । बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका – ५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरि बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्दार टोलिले सकुशल उद्दार गरेको छ । हावाहुरीका कारण तालमा फसेका अन्यको उद्दार…
काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको र सरकार ढाल्न खोजेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्र्द उनले यो सरकारलाई असफल हुने छुट छैन,नभएको बताए । कोईरालाले पार्टीभित्र कुनै विवाद नभएको र सरकारप्रति आफ्नो पुरै समर्थन रहेको दोहोर्याए। नेता कोइरालाले सात बुँदे सहमतिको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न सरकारलाई आग्रह गरे। उनले सरकार गठनका बेला नेकपा ९एमाले० सँग भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्। उनले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य र सुशासन कायम गर्ने सहमतिका बुँदाहरूमा…
काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौँमा नेपाल–चीन सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा सम्बोधन गदैै उनले एक चीन नीति नेपालले लिएको बताए। ‘एक चीन नीति नेपालले लिएको छ,’ देउवाले भने, ‘मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु।’ उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे। मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं…
भारत । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।मुख्यमन्त्री शाह र आदित्यनाथबीच उत्तरप्रदेशका मुख्यमन्त्रीको लखनउस्थित सरकारीनिवास भेटवार्ता भएको हो । मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘आज लखनउस्थित सरकारीनिवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् । शाह नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार काठमाडौंबाट एक साता लामो भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेको थियो ।भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्यसचिव, सचिव र सचिवालयका केही सदस्य सहभागी छन् । टोली सोमबार नै लनखउबाट स्थलमार्ग हुँदै कैलाली फर्किंनेछ ।…
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदिमा वेपत्ता भएका एक युबकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि.क. सो नदिमा पौडी खेल्ने क्रममा बैसाख २२ गते दिउँसो २. ०० बजे डुवेर वेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले महिना दिन बितिसक्दा पनि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठक अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै भने, ‘महिनादिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईंहरूले।’ अध्यक्ष दाहालले दुई तिहाइको अहंकार फुटिसकेको टिप्पणी गरे। दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ उनले भने, ‘हरेक नियुक्तिमा स्वार्थ समूह नै हाबी छन्।’ प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए । ‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क