Author: Transparentgroup

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित र जिम्मेवार पत्रकारिताको विकासका साथै नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्नेमा विश्वास व्यक्त गरे । उनले राज्यको चौथो अङ्गका रुपमा रहेको…

Read More

काठमाण्डौं । भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई मध्यनजर राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्। बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।कश्मीरबाट बीबीसीका शफत फारुकको रिपोर्ट अनुसार कश्मीरका धेरै भागमा स्कुल र कलेज बन्द गरिएका छन्। पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्।अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने बताएकी छन्, तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन्। पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले…

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए । हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छु, स्वकीय सचिव गोविन्द आचार्यले भने ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताए ।

Read More

नयाँ दिल्ली। भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्नुभयो र बलियो जवाफ दिने चेतावनी…

Read More

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । अस्पतालले निधनको घोषणा गरेको नेपालका भाइ तथा एमाले नेता समिर नेपालले बताए । स्वास्थ्यमा जटिल समस्या आएपछि नेता नेपाललाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

Read More

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् । सांसद बस्नेतले गृहमन्त्रीले जवाफ दिने जानकारी पाएको उल्लेख गर्दै यस विषयमा धेरै नबोल्ने बताए । रेशमबारे कुरा राख्दाराख्दै उनले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको दाबी गरे । यसको दृष्टान्तको रुपमा उनले संसद्लाई सबैभन्दा कमजोर बनाउन खोजिएकोबाट थाहा लाग्ने तर्क छ । ‘नेपाली कांग्रेसका नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानजी कुनै बेला पार्टीबाट बाहिरिनपर्ने अवस्था थियो,’ उनले भने…

Read More

काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् । उनले भने, “यो थाकेको सरकारले जाँगर नचलाइ ल्याएको पूरानै कार्यक्रमको सूची हो, बजेटको सिलसिलेवार मिलेको छैन, पर्यटनलाई भौतिक पूर्वाधारमा लगेर जोडिएको छ, कृषिलाई व्यापारसँग जोडिएको छ, नीति तथा कार्यक्रममा परराष्ट्र र अर्थ मन्त्रालयबीच पनि समन्वय देखिँदैन ।” सरकार गठनको क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच भएको सहमतिमा भ्रष्टाचार अन्त्य…

Read More

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको बताएका छन् । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका हुन् । भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे । उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए । उनले माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना…

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् । आज ( मंगलबार)  विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा निरङ्कुशताको विरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाइएको भए पनि अब लोकतन्त्रमा कर्मचारीतन्त्रमा दलैपिच्छेको संगठन बनाउन नहुने बताएका हुन् । उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे उल्लेख गर्दै भने ‘अब चाहीँ पार्टीहरुले भन्न सक्नुपर्छ– हिजो अधिकारको आन्दोनको एउटा फ्रेज थियो, हामी सबै लागेका थियौं, निरङ्कुशता खत्तम गर्नका लागि । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार व्यूरोक्रेशीमा हुन हुँदैन । यसले हाम्रो व्यूरोक्रेशीलाई बाधा दियो ।…

Read More